फिनल्याण्डका फोटो पत्रकार विराटनगरमा आदिवासीको खोजी गर्दै

फिनल्याण्डका फोटो पत्रकार विराटनगरमा आदिवासीको खोजी गर्दै

प्रेम देवान

विराटनगर २३ मंसिर ।
नेपालमा रहेका आदिवासी जनजातीको परम्परा, भेषभुषा तथा सस्कृतिको अध्ययन गर्दै आएका फिनल्याण्डका अध्ययनकर्ता पेरिज म्युज्निक्सले विराटनगरमा आईपुगेका छन् ।
पेरिजले बिहीबार नेपाल आदिवासी जनजाती महांसघ नगर समन्वय परिषद विराटनगरको सभाहलमा आफुले तयार पारेको पुस्तक सार्वजनिक गरेका छन् ।
नेसनल कस्टम अफ नेपाल नामक उत्त पुस्तकमा आदिवासी जनजातीहरुको राष्ट्रिय पोसाकको बारेमा फोटो सहित विष्लेशण गरिएको छ ।

उनले २०११ देखी नेपालमा रहेर आदिवासी जनजातीहरुको राष्ट्रिय पोशाक तथा सस्कृतिको विषयमा अध्ययन गरेका छन् । उत्त पुस्तकमा नेपालमा रहेका ४४ जातीको बारेमा अध्ययन गरी २ सय पेजको फोटो सहितको पुस्तक निकालेको बताएका छन् ।
आफ्नो दोस्रो सस्करणको तयारीको शिलशिलमा उनी हाल विराटनगर आईपुगेको नेपाल आदिवासी जनजाती महांसघ नगर समन्वय परिषद विराटनगरका अध्यक्ष सुरेस सिह गनगाईले जानकारी दिए ।
दोस्रो सस्करमा नेपालमा बाकी छुटपुट भएका आदिबासी जनजातीहरुको अध्ययन गर्ने अध्यक्ष गनगाईले बताए । विराटनगरमा करिब ४ दिन सम्म रहेर यहांका आदिवासी जनजातीहरुको बारेमा अध्ययन गर्दैछन् ।
नेपाल आदिवासी जनजाती महांसघको सहयोगमा अध्ययनकर्ता पेरिजले मुलुकको विभिन्न स्थानमा आदिवासी जनजाती सम्वन्धी अध्ययन गर्दै आएका बताएका छन् । dsc_3173

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्