प्रेम देवान
विराटनगर ५ जेष्ठ । क्षेत्रीय निर्वाचन कार्यालय मोर»ले विराटनगरमा नमूना मतदान गरेको छ । विराटनगरको मुख्य बजार वि प्लट भवनको मैदानमा शुत्रबार नमुनाको रुपमा मतदान गरेको हो । मतदान केन्द्रमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको क्षेत्रीय निर्वाचन कार्यालय मोर»का प्रमुख प्रेम संजेलले बताए ।
आगामी दोस्रो चरणको स्थानिय निकायको निर्वाचनका लागी भोट बदर नहोस भनेर मतदाता शिक्षा कार्यक्रम अन्तर्गत जनचेतना जगाउन नमूना मतदान गरिएको सन्जेलल जानकारी दिए । नमूना मतदान स्थलमा निर्बाचन कार्यालयका कर्मचारीहरुले मत बद्दर हुन नदिन मत पत्रमा स्वस्तिक चिन्ह लगाउने, मतपत्र मोड्ने र मत पेटिकामा मतपत्र खसाल्ने प्रक्रियाको बारेमा जानकारी गराएका थिए । क्षेत्रिय कार्यलयले यस अघि मोर»को विभिन्न स्थानमा नमुना शिक्षा मतदान कार्यक्रम गरिसकेको छ । मोर»मा ५ लाख ६३ हजार ८ सय ५८ मतदाताका लागि ३ सय मतदान स्थलमा ६ सय ६९ मतदान केन्द्र निर्धारण गरिएको छ । दोश्रो चरण अन्तर्गत चार प्रदेशमा जेठ ३१ गते स्थानीय तहको चुनाव हुदैछ ।



प्रतिक्रिया लेख्नुहोस