किंग्स इलाभेन पञ्जाबले कोलकता नाइट राइडर्सलाई १४ रनले हरायो

किंग्स इलाभेन पञ्जाबले कोलकता नाइट राइडर्सलाई १४ रनले हरायो

कोलकता नाइट राइडर्सलाई पराजित गर्दै किंग्स इलाभेन पञ्जाबले दशौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ ।  मंगलबार राति भएको खेलमा कोलकतालाई १४ रनले पराजित गर्दै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको हो ।
मोहालीमा घरेलु टोलि पञ्जाबले दिएको १६८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ्ग गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १५३ रन बनाउन सक्यो ।  कोलकताका क्रिस लिनले ८४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै कलकताका सुनिल नरिन र मनिष पाण्डेयले समान १८ – १८ रन बनाए । पञ्जाबका मोहित शर्मा र राहुल तेवातियाले दुसमान ई दुई विकेट लिए ।

यसअघि पञ्जाब क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल तयार गरेको थियो  । पञ्जाबका लागि कप्तान ग्लेन म्याक्सवेलले ४४ तथा ऋद्धिमन शाहले ३८ रनको योगदान दिए ।  त्यस्तै मनन बोहराले २५ रन बनाए । कोलकताका क्रिस वोक्स र कुलदीप यादवले दुई दुई विकेट लिए ।

जितसँगै लिगमा दुई खेल बाँकी हुँदा पाँचौं स्थानमा रहेको पञ्जाबले १२ अंक बनाएको छ  । पञ्जाब  चौथो स्थानको हैदरावाद भन्दा तीन अंकले पछि छ । यता पञ्जाबसंगको हारले कोलकता दुई खेल अगावै प्ले अफमा पुग्न असफल भयो ।  पराजित भएपनि दोस्रो स्थानको कोलकताको १६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्