गुगल प्लेस्टोरमा भाइरस हमला

गुगल प्लेस्टोरमा भाइरस हमला

गुगल प्लेस्टोरमा भाइरस हमला भएको छ। एन्ड्रोइडमा  ‘Lipizzan’ नामको भाइरस भएको प्रविधिसम्बन्धी वेबसाइट टेक डट ब्लोर्ज लगायतका समाचारमाध्यमले जनाएका छन्।

यो भाइरसले प्रयोगकर्ताको इमेल, म्यासेजहरु र कन्ट्याक्टको जानकारी लिने बताइएको छ। यति मात्र नभएर यसले कलहरु, स्क्रिन शट, र अडियो–भिडियो पनि रेकर्ड गर्ने खतरा छ।

यो भाइरसको आक्रमणमा पर्न सक्ने केही एपहरुको बारेमा गुगलले जानकारी दिएको छ। सबैभन्दा जोखिममा पर्नसक्ने एप Gmail, Hangouts, KakaoTalk, LinkedIn, Messenger, Skype, Snapchat, StockEmail, Telegram, Threema, Viber, Whatsapp लगायत छन्।

गुगलले ‘Lipizzan’ एपलाई ब्लक गरेको थियो। डिलिट गर्दा पनि एक साताभित्रै ‘लिपिज्जन’ को नयाँ संस्करण प्लेस्टोरमा अपलोड भएको थियो। नयाँ संस्करणमा एपलाई नोटप्याड, साउन्ड रेकर्डर र अलार्म म्यानेजरको रुपमा डिजाइन गरिएको थियो।

गुगलले आफ्ना लाखौं प्रयोगकर्तालाई जोगाउने प्रयास गरिरहँदा पनि धेरैपटक भाइरसको हमला भइरहेको हुन्छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्