छुरा प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

छुरा प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

छुरा प्रहार गरी हत्या गरी फरार अभियुक्त काठमाडौं महानगरपालिका–२५ नघल गल्ली बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ पुरानोबजारका ‘लम्बु भाई’, ‘रोनिश’ भन्ने २३ वर्षीय भुषण श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको प्रहरीले काठमाडौं खिचापोखरीबाट मंगलबार पक्राउ गरेको छ । १२ कक्षाको परीक्षा दिएर बसेका श्रेष्ठले पशुपति प्लाजा पार्किङमा काम गर्ने गरेको खुल्न आएको छ ।

 काठमाडौं महानगरपालिका–२५ नघल गल्ली बाङ्गेमुढामा अज्ञात व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएको अवस्थामा सोमबार राति फेला परेका काठमाडौं शंखमुल बस्ने ललितपुर महानगरपालिका–७ पिलाछेका १९ वर्षीय आतिश लामाको तत्काल उपचारको लागि वीर अस्पतालतर्फ लैजानेक्रममा बाटैमा मृत्यु भएको थियो ।

उक्त राति भुषण कोठातर्फ जाँदै गर्दा आतिशको राजन पुरीसँग विवाद हुँदै गरेको देखेको तर वास्ता नगरी आफ्नो बाटो लाग्न खोज्दा आतिशले भुषणको गालामा झापड हान्दै धकेलेपछि दुबैजनाबीच घम्साघम्सी भएको रिसमा भुषणले चावी झुन्डाउने रिङमा रहेको छुरा आतिसलाई प्रहार गरी घाइते अवस्थामा छोडी साथी नवीन तण्डुकारको कोठामा गई बसेको खुल्न आएको छ ।

भुषणलाई थप कानुनी कारवाहीको लागि उक्त महाशाखाले महानगरीय प्रहरी वृत्त जनसेवा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्