टंकी सिनवारी सहित आज देशभर १५ भन्दा बढि स्थानमा बम भेटियो

टंकी सिनवारी सहित आज देशभर १५ भन्दा बढि स्थानमा बम भेटियो

देशका विभिन्न स्थानमा शंकास्पद रुपमा मंगलबार फेला परेका बिष्फोटक पदार्थ प्रहरीको सक्रियतामा निष्क्रिय पारिएको छ । ती स्थानहरुमा बिष्फोटक पदार्थ फेला परेको छ भन्ने सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीको समन्वयमा नेपाली सेनाको स्थानीय युनिटको टोलीले बिष्फोटक पदार्थ निष्क्रिय बनाएको हो । सुनसरी धरान उपमहानगरपालिका–१५ स्थित साङपाङ चोक, झापा दमक नगरपालिका–२ स्थित हिमालय उच्च माबिको मुलगेट, मोरङ जहदागापा–५ स्थित मझारे पुल, मोरङ बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास फ्याक्ट्रीको गेट, सोही गाउँपालिका–१ स्थित टंकी चोक, मोरङ उर्लाबारी नगरपालिका–८ अरणीको मावि र कञ्चनपुर पुनर्बास नगरपालिका–३ स्थित फोहोर फाल्ने ठाउँमा बिष्फोटक पदार्थ फेला परेको थियो ।

यसैगरी बाँके राप्तीसोनारी गाउँपालिका–५ टरुवास्थित कलबर्ट, अछाम तुर्माखाँद गाउँपालिका–५ स्थित बाटो तथा कालिकेश्वरी मावि, दाङ घोराही उपमहानगरपालिका–१७ ट्राफिक चोक तथा सोही ठाउँस्थित जिवन गौतमको घर अगाडि, अछाम ढकारी गाउँपालिका–४ स्थित नवराज साउदको घर नजिक, कञ्चनपुर कृष्णपुर नगरपालिका–२ बनरापुर र कैलाली घोडाघोडी नगरपालिका–१ सुखड बजार नजिक पिपलको रुखको फेदमा समेत शंकास्पद अवस्थामा बिष्फोटक पदार्थ फेला परेको थियो ।

विष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्