डकवर्थ लुईस नियम अनुसार पहिलो टि–ट्वान्टी क्रिकेटमा भारत बिजयी

डकवर्थ लुईस नियम अनुसार पहिलो टि–ट्वान्टी क्रिकेटमा भारत बिजयी

एजेन्सी । पाहुना टोली अष्ट्रेलियाविरुद्धको पहिलो टि – ट्वान्टी क्रिकेट भारतले जितेको छ । राँचीमा शनिबार राती भएको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई डकवर्थ लुईस नियम (डिएल) का आधारमा ९ विकेटले पराजित गरेको हो ।

बर्षाले बिथोलेको खेलमा टस हारेको अष्ट्रेलियाले १८ ओभर ४ बलमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि आरोन फिन्चले ४७ तथा ग्लेन म्याक्सवेल र टिम पिनेले समान १७ – १७ रन बनाए । भारतका कुलदिप यादव र जस्प्रित बुम्ह्राले समान दुइ दुइ विकेट लिए ।

अष्ट्रेलियाले दिएको ११९ रनको लक्ष्य पाएको भारतले जवाफी ब्याटिङ सुरु नगर्दै वर्षाले खेल प्रभावित भएपछि भारतले डिएल नियमको आधारमा ६ ओभरमा ४८ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य भारतले मात्र १ विकेट गुमाएर पुरा गर्यो । भारतको लागि कप्तान विराट कोहलीले अविजित २२ तथा शिखर धवनले अविजित १५ रन जोडे । त्यस्तै रोहित शर्माले ११ रन बनाए ।
यो जितसंगै भारतले ३ खेलको टि ट्वान्टी सिरिजमा १–० ले अग्रता बनाएको छ । पाहुना टोलिबिरुद्ध भारतले यसअघि टेष्ट सिरिज र एक दिवसीय सिरिज समेत जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्