विराटनगर २८ कात्तिक । एक सप्तरीमा एक व्यक्तिले आफ्नै श्रीमतीको धान काट्न गएकी श्रीमतीको घाटी रेटी हत्या गरेका छन् । जिल्लाको बोदेबरसाइन नगरपालिका(३ गौराका ४० वर्षे जयप्रकाश यादवले श्रीमतीको घाटी रेटेर हत्या गरेका हुन् । यादवले मंगलबार खेतमा आफूसँगै धान काट्न गएकी श्रीमती ललितादेवीको घाटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेबरसाइनल जनाएको छ ।
यादवले धान काट्न प्रयोग गरिएको हँसियाले नै श्रीमतिको घाँटी रेटेर हत्या गरेका हुन् । यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । घटनाको खास कारण के हो भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ । श्रीमान श्रीमतीबीच केही दिन अगाडि पारिवारिक कलह भएको बुझिएको छ ।


प्रतिक्रिया लेख्नुहोस