नारी (गजल)- नविना रेग्मी

नारी (गजल)- नविना रेग्मी

बाहिर देखेर हुन्न भित्र सुकुमारी छ नारी
तर अन्याय विरुद्ध चै प्रलयकारी छ नारी

नसोचे हुन्छ कसैले पुरुष मात्र मर्द हुन् भन्ने
खोजर हेर इतिहास संसारमा नै प्यारी छ नारी

हिंसा बलत्कार अनि हत्या गर्नेहरु हो अब
कानुनी कठ्घरा हेर्ने हामी जस्तै नारी छ नारी

कुरा मात्र कहा हो र काँधमा काँध मिलाउदै
वर पिपल झै समान सितल छहारी छ नारी

गरेका छन काम सबै छैन केही फरक हेर
चुलो चम्को देखि राष्ट्र हाँक्न तयारी छ नारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्