नेपालमा आज देखि एशियन क्लव क्रिकेट प्रतियोगिता सुरु हुदै

नेपालमा आज देखि एशियन क्लव क्रिकेट प्रतियोगिता सुरु हुदै

बिराटनगर असार ५ ,  एशियन क्लव क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदैछन । अल्टिमेट स्पोर्टस म्यानेजम्यान्टको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो खेल किर्तीपुर क्रिकेट मैदानमा दिउसो दुई बजेबाट सुरु हुनेछ । आजको खेलमा दुबई वारियर्स र नेपाल स्ट्रोम्स विच प्रतिस्पर्धा हुनेछ । नेपाल स्ट्रोम्सको कप्तानी स्टुवार्ट म्याक्गिलले गरिरहेका छन भने दुबई वारीयर्सको कप्तान अब्दुल साकुरले गरेका छन । नेपाल स्ट्रोममा पाच नेपाली खेलाडी पनि रहेका छन । जसमा परेश लोहनी, भुपेन्द्र थापा, अमरसिंह रौटेला, सिद्धान्त राज शाही र जितेन्द्र शर्मा रहेका छन । खेल भारतीय च्यानल सोनी सिक्स साथै नेपालको एपी वानबाट प्रत्यक्ष प्रशारण हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्