नेपाली यु–१९ क्रिकेट टोली आज मलेसिया प्रस्थान

नेपाली यु–१९ क्रिकेट टोली आज मलेसिया प्रस्थान

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन नेपाली यु–१९ क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दैछ । आगामी शनिबारबाट सुरु हुने एसिया कपको लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली त्यसतर्फ जानेछ ।

नेपाली टोली बंगलादेशमा एकसाताको विशेष तयारीपछि मलेसिया जान लागेको हो । नेपालले बंगलादेशमा बंगलादेशको यु–१९ टोलीसँग ३ अभ्यास खेल खेलेको थियो । नेपालले अन्तिम अभ्यास खेलमा बंगलादेशको यु–१९ क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल पहिलो अभ्यास खेलमा बंगलादेशसँग ३ विकेट र दोस्रो अभ्यास खेलमा १२३ रनले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल कठिन मानिएको समूह समूह ‘ए’ मा परेको छ । नेपाल ३ पटकको च्याम्पियन तथा टेष्ट राष्ट्र भारत रहेको समूहमा रहेको छ । समूह ‘ए’मा नेपालसँगै भारत, बंगलादेश र आयोजक मलेसिया रहेको छ । त्यस्तै समूह बी मा श्रीलंका, अफगानिस्तान र पाकिस्तान रहेको छ । समूह बी को एक टोली तय भएको छैन । एक टोली भने एसिया कप छनोटको वेष्टर्न रिजनको छनोटबाट आउनेछन् । वेष्टर्न रिजनको फाइनलमा आज युएई र कुवेत प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल कात्तिक २५ गते शनिबार हुनेछ । त्यस्तै दोस्रो खेलमा नेपालले भारतसँग कात्तिक २६ र अन्तिम खेलमा मलेसियासँग कात्तिक २८ मा खेल्नेछ । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाली टोली
दिपेन्द्र सिंह ऐरी (कप्तान)
रोहित कुमार पौडेल
सन्दिप लामिछाने
सन्दिप सुनार
प्रनित थापा मगर
अनिल कुमार शाह
पवन शर्राफ
आसिफ शेख
किशोर महतो
शाहब आलम
प्रकाश केसी
कमल सिंह ऐरी
भिम सार्की
राशिद खान
जितेन्द्र सिंह
विनोद दास (प्रशिक्षक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्