neuro hospital

प्रेम देवान
विराटनगर ५ जेष्ठ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.ली ले नेपाल सरकारद्धारा प्रदान गर्ने विपन्न नागरिक औषधी उपाचार कोष संचालनमा ल्याएको छ ।
पूर्वाअञ्चलको क्षेत्रमा विशिष्ट पहिचान बनाउदै आएको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.ली शुत्रबार पत्रकार सम्मेलन गरी सो सेवा संचालनमा ल्याएको जनाएको छ । सेवा अन्र्तगत नागरिक औषधि उपचारकोष मार्फत न्युरो सर्जरी तथा स्पाइनल,मेरुदण्ड सर्जरीमा एकलाख वरावरको निशुल्क उपचारसेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयवाट न्यूरो अस्पताललाई सो सेवा प्रदान गरिएको हो । मोरङमा नोवेल हस्पिटल , गोल्डेल हस्पिटल र न्यूरोमा स्वाश्थ्य मन्त्रालयले स्वीकृत दिईसकेको छ । यो सेवा प्राप्त गर्नका लागी गाउपालिका तथा नगरपालिका र जिल्ला स्तरिय सिफारिस समितिको स्वीकृत आवश्यक चाहिने अस्पतालका संस्थापक डाक्टर विरेन्द्र विष्टले वताए ।
यसै विच सो अस्पतालले मोरङका पत्रकार तथा तिनका आश्रित परिवारलाई उपचार शूल्कमा समेत छुट दिने घोषणा गरेको छ । त्यसका लागी नेपाल पत्रकार महासंघ र अस्पताल विच सम्झौता समेत भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष वन्धु पोखरेल तथा अस्पतालका संस्थापक डाक्टर विष्टले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । सेवा अन्र्तगत पत्रकारहरुलाई ओपिडि, एमरजेन्सी , प्याथोलोजी, जनरल सर्जरी तथा एम्वुलेन्स सेवामा शत प्रतिशत छुट दिने र अन्य गंभिर प्रकृतिका उपचार सेवामा ४० प्रतिशत छुट दिने व्यावस्था मिलाइएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया लेख्नुहोस