विराटनगर ६ साउन । चेतना संरक्षण प्रतिष्ठान विराटनगरको नियमित साहित्यिक शृंखला शुक्रबार सम्पन्न भएको छ ।
मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा पाँच जना युवा कविले कविता वाचन गरेका थिए । कार्यक्रममा युवाकवि दीपक शम्चु, कटवाल दीपक, विनोद दाहाल, आलोक लुइँटेल र अनुपमा न्यौपानेले आ–आफ्ना कविता वाचन गरे ।
प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार नियमित साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । कविता वाचन अघि कविहरुलाई चेतना संरक्षण प्रतिष्ठानकी कोषाध्यक्ष सरला चापागाईंले अविर लगाएर खादाले सम्मान गरेकी थिईन् ।
समारोहमा प्रतिष्ठानकी सदस्य राधिका गुरागाईं, मीनकुमार नवोदितलगायतले यस्ता मासिक साहित्यिक शृंखलाले नयाँ प्रतिभाहरुलाई हौसला मिल्ने बताए ।


प्रतिक्रिया लेख्नुहोस