गणेशकुमार लाल
संस्कृतिको धनी देश नेपालमा पानको चलन कहिलेदेखि शुरु भएको हो ऐतिहासिक प्रमाण अज्ञात छ तर नेपालको अझ विशेषगरी तराई मधेशको सांस्कृतिक धरोहरको एउटा सबल एकाई पान अवश्य हो । नेपालीले आफ्नो शुभकार्य गर्न लागेको बेला सामान्य रूपमा पानको उपयोग गर्छन् । पूजा, पाठ, लक्ष्मीपूजा, छठ, फागुपूर्णिमा, भाइटीका इत्यादिमा पानको उपयोग निश्चित रूपमा घर–घरमा गरिने चलन रहिआएको छ । ईश्वरीय आराधनामा केराको पातको जत्तिकै महŒव पानको पातको पनि छ । पान ईश्वरीय आराधना र पूजापाठमा उपयोगी छँदैछ, त्यसको सँगसँगै यो रासायनिक गुणले मुक्त वनस्पति हो ।

पान उत्पादन हुने क्षेत्रमा पान स्वर्गबाट पृथ्वीमा ल्याइएको उपहारका रूपमा पनि लिइने गरिएको छ । त्यसैले पनि पान मानिसको जीवनको उत्साह र उमङ्गको प्रतीक हो भन्न सकिन्छ ।

थरिथरिका पान
पान थरिथरि जातको पाइन्छ । यसमा मुख्य रूपमा पाइने जात हो बङ्गला, कलकतिया, बनारसी, मघई, महाबिया, लँका, मद्रासी, मालवी, जगन्नाथी, कपूरवात, जायसवार, चदन, अमर बेल, कंकेर, साँची, पहेँलो पात इत्यादि हुन् । पान विभिन्न थरि तथा जातका भए पनि नेपालमा बङ्गला पान, बनारसी पान, मीठा पान र साँची पान लोकप्रिय भएको पाइन्छ ।
बहुउपयोगी र सांस्कृतिक पक्षसँग प्रत्यक्ष रूपले गासिएको पानको रस्वादनको यात्रासम्म पुग्नका लागि जति सहज छ त्यति नै गाह्रो छ पानको खेती गर्न, मिहिनेत र परिश्रमको निरन्तर कृषि कार्य हो परिणाम हो, पानको खेती ।
पानको खेती पोखरीको डिलमा गरिन्छ । यसको लहरालाई बाँसको जालीदार आधार बनाएर त्यसमा लहरालाई अड्याउने गरि राखिन्छ । यहाँ बाँसले थाङ्ग्राको काम गर्छ । पोखरीबाट हावा चारैतिरबाट आउने र निष्काशन हुने गरी व्यवस्था मिलाइएको हुन्छ । यस्तै जाडोयाममा चिसोबाट बचाउनको लागि लहरामाथिबाट नरकटको छायाँ अथवा बाबियोको छायाँ दिई राख्नुपर्छ । यस प्रक्रियाबाट जाडो याम र गर्मीयाम दुवै मौसममा नयाँ कोपिलाको रक्षा हुन्छ । पानको खेतमा जुता, चप्पल लगाएर कहिले पनि किसानले प्रवेश गर्न दिँदैन । पानको खेतीमा प्रवेश गर्नुभन्दा पहिले पूजा गर्नुपर्ने अनिवार्य हुन्छ । पानको पात अनुकूल परेको बेला टिप्ने चलन हुँदैन अपराह्नको एक बजेदेखि चार बजे सम्ममात्र पानको पात टिपाइ हुन्छ । रात्रिको बेला कसैले पनि पानको खेतमा पान टिप्पन पाउँदैन ।
आर्य संस्कृतिको विकाससँगै पानको शुरुवात वडो रहस्यमय तरिकाबाट भएको पाइन्छ । हुन त आर्य, अनार्य, बौद्ध र हिन्दु सबैले पान खाने गरेको पाइन्छ । प्रारम्भमा पान खाने चलन माङ्गलिक कार्य शुरु गर्दा अथवा समापन गर्ने बेलामा मुखमा लालिमा अर्थात् ओँठमा गाढा रातो रङ्ग आउने भावले वातावरण उल्लासमय होस् भन्ने दृष्टिले पानको शुरुवात परम्परागत रूपमा भएको होला भन्ने अनुमान मानिसले गर्छन् ।
पान थरिथरि जातका भए पनि यस क्षेत्रमा बङ्गला पान, बनारसी पान, मिठा पान र सँची पान लोकप्रिय भएको पाइन्छ । पान उपभोगबारेमा नेपालमा कुनै अध्ययन अनुसन्धान नभए पनि सबैभन्दा बढी पान खाने चलन विराटनगर र त्यसपछि दोस्रो स्थानमा नेपालगञ्ज रहेको कुरा पानका पारखी बताउँछन् । त्यसो त तराई मधेशमा पान खानु आम प्रचलन नै हो ।
    
प्रेमको प्रतीक पान
पानको पातजस्तो आकार प्रकार र संरचना निकै मौलिक किसिमको हुन्छ । यसको विशिष्ट गुणले नै प्रेमको प्रतीकको रूपमा पानको पातलाई लिइन्छ । त्यसैले होला विवाह र माङ्गलिक कार्यमा पान अनिवार्य रूपमा उपयोग गरिन्छ । प्रेमीहरूको मिलन बिन्दुको पहिलो सोपानको पाइला हो पान । पान खानाले मानिसको उत्साहलाई प्रस्पूmरित गर्ने मात्र होइन, यसमा भएको रासायनिक तŒवले पाचन क्रियामा समेत सकारात्मक प्रभाव पार्छ ।

सुन र चाँदी मिश्रणको पान
पान खाने पारखी पानमा सुन र चाँदीको मिश्रण हालेर पनि पान खाने चलन छ तर यो सामान्यभन्दा निकै महँगो शौख भएको हुनाले सर्वसाधारणको पहँुचभन्दा निकै टाढा छ । सुन, चाँदीको लवण हालेको पान खाँदा निकै सावधानी अपनाउनुपर्छ । अहिलेको अवस्थामा अलमुनियमको मिश्रण पनि बजारमा पाइन्छ र यो सस्तो पनि हुन्छ तर यसबाट शरीरमा हानि पुग्न जान्छ ।
सामान्य रूपमा मानिसले भोजन गरिसके पछि पान, सौफ र सुकमेल खाने गर्छन् । भोजनबाट पूर्ण तृप्तिका लागि र आन्नद प्राप्तिका लागि मानिसले अतिरिक्त, खाद्य वस्तुको रूपमा पान खाने गर्छन् ।    वैज्ञानिक दृष्टिकोणले हेर्दा मुखमा रसिलो पदार्थ, गुलियो पदार्थ राख्दा दिमागमा विद्युतीय गतिविधि सञ्चालन हुन जान्छ, जसले गर्दा मानिसले आनन्द मनाउँछन् । प्राचीनकालमा राजा–महाराजा पानको प्राकृतिक गुणबाट आनन्द प्राप्त गर्नका लागि पान खाने चलन बढेको हुन सक्छ ।

पानमा प्रयोग गरिने मसाला
पान खानेले थरिथरिका पानका मसला खाने गरेका छन् । यसमध्ये मुख्य मसला कत्था, चुना र सुपारी मिश्रित पान सादा पानमा प्रयोग गरिन्छ । सादा पानको उपयोग महिला तथा पुरुष दुवैथरिकाले खाने गरेको पाइन्छ । जर्दा (सुर्ति) मिश्रित र मीठा मसलायुक्त पान खाने मानिसको इच्छामा भर पर्ने कुरा हो । जर्दा र मीठाका विभिन्न किसिमका मसलामा सुकमेल, नरिवल, काजु, कैन्डी मीठा मसलामा गनिन्छ । जर्दा (सुर्ति) वाला मसलामा भने किमाम, तुलसी, बाबा बादशाह जर्दा मसला हुन् । यसैगरी बादशाही पान मसला पनि प्रचलनमा रहेको पाइन्छ ।  यसमा सुपाडीको कतरा, छोकडाको टुक्डा, नरिवलको टुक्डा, काजु, केशरको चटनी, यो सबै केशरको घोलमा लेप लगाएर सुखाएको हुन्छ । दोस्रो प्रकारको पान हो भीआईपी पान हो, यसमा सबै मसला बादशाही नै हुन्छ तर खसको मिश्रण अथवा मोगराको मिश्रण लगाएको हुन्छ । सामान्य रूपमा साधारण किसिमको पान खानाले मुखको शान बढाउँछ तर जर्दा (सुर्ति) वाला पानको अत्यधिक सेवन गर्नाले शरीरलाई हानि पु¥याउन सक्छ । पानको अत्यधिक सेवनले मुखसम्बन्धी विभिन्न रोग निम्तिन सक्ने अवस्थालाई पनि बिर्सिनुहुँदैन ।


प्रतिक्रिया लेख्नुहोस