फुटबल रेफ्रिको नाक भाच्ने खेलाडीलाई ४ वर्षको प्रतिबन्ध (भिडियो सहित)

फुटबल रेफ्रिको नाक भाच्ने खेलाडीलाई ४ वर्षको प्रतिबन्ध (भिडियो सहित)

पोर्चुगलका एक फुटबल खेलाडीले घुँडाले रेफ्रिको अनुहारमा हिर्काएका छन् । रेफ्रिको अनुहारमा घुँडाले हानेका ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ । एफसी पोर्टो अल्ट्रास टिमका ३४ वर्षका मार्को गान्काल्वेसले गएको महिना रियो टिन्टोसँगको खेलको क्रममा विपक्षी खेलाडीको अनुहारमा हिर्काएपछि रेफ्रि जोसे रोड्रिग्वेजले रातो कार्ड देखाएका थिए ।त्यसपछि मार्को रेफ्रि जोसोको अनुहारमा घुँडाले हानेका हुन् । यसले गर्दा रेफ्रि जोसेको नाक भाँचिएको थियो । रेफ्रिलाई हिर्काएपछि उनलाई प्रहरीले मैदानबाट लगेको थियो । रेफ्रिलाई हिर्काएकोमा चार वर्ष तथा अपमान गरेकोमा दुई महिना र विपक्षी खेलाडीलाई हिर्काएकोमा तीन महिना गरी उनीमाथि चार वर्ष पाँच महिनाको प्रतिबन्ध लागेको समाचार संस्था एएफपीले जनाएको छ ।

https://www.youtube.com/watch?time_continue=20&v=cZ4H_HKKo9M

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्