भारतको श्रीलंकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा शानदार जित

भारतको श्रीलंकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा शानदार जित

भारतले श्रीलंकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा शानदार जित निकालेको छ । पाहुना टोलि भारतले घरेलु टोलीलाई पहिलो टेष्टमा ३०४ रनको बिशाल रनले पराजित गरेको हो ।

गाल्ले क्रिकेट स्टेडियममा टेष्टको चौथो दिन शनिबार श्रीलंकालाई दोस्रो पारीमा २४५ रनमा अलआउट गरेपछि भारतले उच्च स्कोरको जित पाएको हो । भारतको यो विदेशी भूमिमा उच्च स्कोरको जित समेत हो ।यो जितसंगै भारतले तीन खेलको टेष्ट सिरिजमा १ – ० ले अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टेष्ट बिहिबार कोलम्बोमा हुने छ । टेष्ट सिरिजपछि दुइ टोलीले एकदिवसीय सिरिज र टि – ट्वान्टी खेल खेल्ने छन् ।

भारतले दिएको ५५० रनको उच्च लक्ष्यसहित दोस्रो पारी सुरु गरेको श्रीलंका चौथो दिनको लन्च पछि नै अलआउट भयो  । दोसो पारीमा श्रीलंकाका दिमुथ करुणारत्नेले ९७ तथा निरोशन डिक्वेलाले ६७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले  जमेर खेल्न सकेनन् । भारतका रबिन्द्र जडेजा र रविचन्द्र आश्विनले समान ३ – ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको शतकीय पारीमा ६०० रनको उच्च  स्कोर बनाएको थियो । म्यान अफ दि म्याच समेत भएका धवनले १९० रन बनाए ।  पहिलो पारीमा श्रीलंका भने पहिलो पारीमा २९१ रनमै अलआउट भएको थियो । श्रीलंकाका कुशल परेराले अविजित  ९२ रन तथा एन्जोलो म्याथुजले ८३ रन बनाए ।

पहिलो पारीमा श्रीलंकालाई सस्तैमा समेटेपछि भारतले पहिलो पारीमै ३०९ रनको अग्रता बनाएको थियो । त्यसपछि भारतले टेष्टको तेस्रो दिन दोस्रो पारीमा ३ विकेटको क्षतिमा २४० रन जोडेपछि पारी समाप्तिको घोषणा गरेको थियो । दोस्रो पारीमा कप्तान विराट कोहलीले अविजित १०३ रन जोडे । कप्तान कोहलीको यो खेल जीवनको १७ औं शतक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्