प्रेम देवान
विराटनगर ५ असार । महिलामाथी हुने हिंसा न्यूनिकरण गर्नका लागी हरेक समुदायका किशोरी तथा महिलाहरुलाई शिक्षाको पहुच हुनु पर्ने स्थानिय महिला तथा युवा – किशोरीहरुले बताएका छन् ।
प्लान नेपालको सहयोग तथा ओरेक नेपालको आयोजनामा संचालित ‘समुदायमा आधारित हानिकारक प्रथा परम्पराको उन्मुलन गरी महिलाहरुको आर्थिक सशक्तिकरणमा’ जोड दिने एक दिन अन्तरक्रिया कार्यक्रममा सहभागी भएका महिलाहरुले त्यस्तो बताएको हुन् । धनपाल गांउपालीका वाड ७ कदमाहमा सोमबार भएको कार्यक्रममा उपस्थित महिला तथा युवा किशोरीहरुले दहेज प्रस्था अनि घुम्टो ओढ्ने प्रथाले गर्दा पनि महिलाहरु अगाडी बढ्न नसकेको बताएका छन् । ‘अन्य समुदायमा भन्दा पनि मधेशी र मुस्लिम समुदायमा दाहेज प्रथा र घुम्टो ओढ्ने प्रथाले समुदायमा जरो गाडीसकेका कारण महिलाहरु अझै पछाडी परेको धनपाल गाउपालीका महिला संजालकी सामु खातुनले बताईन् । हाम्रो समुदायमा छोरी मान्छेले पढ्न हुदैन भन्ने आम आम मानसिकता छ, त्यसलाई अब जरैबाट हटाउनु पर्ने बताईन् । त्यसैगरी किशोरी समुहकी अध्यक्ष राजो कुमारी बहादारले हामी सक्षम भए गांउघर आफै सक्षम हुने बताईन् । गांउमा महिला तथा किशोरीहरुलाई जागरुक बनाउन दिनरात उनीहरुको निम्ती हरेक महिनामा उनीहरुसँग बसी बैठक भेला गर्ने उनीहरुको समस्या बुझ्ने गरेको बताईन् ।
समुहमा करिब ३० जनाको समुहमा रहेका किशोरीहरु सक्रिय भएर गाँउघरमा जनचेतना फैलाउने गरेको बताईन् । कार्यक्रममा संजालकी सदस्य कारो देवी खातुनले मुस्लिम समुदायमा प्राय वालविवाह हुने गरेको र धेरै छोराछोरी जन्माउनु पर्छ भन्ने मान्यत रही आएको बताईन् । ‘अब हामी सम्पुर्ण हाम्रा समुदायका महिलाहरुलाई सचेत गराई त्यो मान्यताको अन्त्य गराउन तर्फ लाग्ने उदघोष गरिन् । कार्यक्रममा प्लान नेपालका जुजुभाई महर्जन,राजन पराजुली, गैरसरकारी महासंघको केन्द्रीय सदस्य उमेश विश्वकर्मा,ओरक नेपालका राजकुमार मेहताले गाँउ घरमा किशोरी तथा महिलाहरुलाई शिक्षाको अभावका कारण विभिन्न महिला सम्बन्धी हिंसा बढेको औलाए । अब तिनीहरुलाई शिक्षाको पहुच सम्म पुर्याउन सबै सरोकार तथा राज्यले भुमिका खेल्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानिय प्रहरी, सरकारी कर्मचारी तथा किशोरी युवा, महिला संजालहरुको उपस्थित रहेको थियो । ओरेक नेपालले मोरङको विभिन्न गाउँपालि तथा नगरपलिकाहरुमा बालविबाह, बालिका वकालत, महिला हिंसा न्यूनिकरण गर्न विभिन्न जनचेतामूलक कार्यक्रमहरु गर्दै आएको ओरेक नेपाल विराटनगरकी प्रमुख मौसम राईले जानकारी दिईन् ।


प्रतिक्रिया लेख्नुहोस