प्रेम देवान ÷आवर विराटगर
विराटनगर २७ कातिक । नजिकिंदै गरेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावको लागी यतिबेला उम्मेद्धवारहरु मतदाताको घर– घरमा भोट माग्नमा व्यास्त त छदै नै छन् त्यतिकै मात्रामा सामाजिक सञ्जालमा पनि उनिहरुको भोट माग्नको लागी अभियान चलिरहेको छ ।

क्षेत्र नम्बर ६ उम्मेदवार खेत जोत्दै गरेका किसानसँग भोट माग्दै लालबाबु पण्डित ।

उम्मेदवार मतदातालाई खुशी पार्नको निमित्त घर र बारीमा नै गएर हात जोडी – जोडी भोट मागेका तस्वीरहरु उनीहरुको सामाजिक संञ्जाल फेशबुकमा भाईरल बनिरहेका छन् । आगामी मंसिर १० गते र २१ गते हुन गईरहेको प्रदेश र प्रतिनिधिसभाको चुनावका लागी उम्मेद्धवारहरु सामाजिक सञ्जालहरु फेसबुक र ट्वीटरलाई भरपूर उपयोग गरेर ‘हाइटेक’ शैलीमा चुनावी प्रचार प्रसार गरिरहेको छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले , माओवादी केन्द्र लगयात अन्य साना दलहरुले चुनावी प्रचारलाई आक्रमक बनाउन पार्टीको नाममा फेसबुक एकाउन्ट खोलेको छन् भने कतिपयले फेसबुक पेज खोलेर आफूलाई जिताउ अभियान चलाईरहेको सामाजिक संञ्जालमा स्पष्ट देख्न सकिन्छ ।
मोरङ जिल्लाको भित्र गांउमा विराटनगरबाट निस्कने पत्रपत्रिका नपुग्ने स्थानहरुमा पनि हरेकको मोवाईलमा फेसबुक चल्ने भएपछि राजनीतिक दलहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो अभियानका गतिविधी भने पुर्याईरहेका छन् । मोरङ जिल्लामा रहेका ३ ठूला दल र साना सबै दलका उम्मेदवारहरुले व्याक्तिगत फेसबुक एकाउन्ट खोलेर आफूलाई जिताउँ अभियान चलाएको पाईएको छ ।

क्षेत्र ३ का उम्मेदवार शुनिल शर्मा धान काट्दै गरेकी महिलासँग भोट माग्न गएको बेला धान काटेर सहयोग गर्दै ।

पत्रपत्रिका, रेडियो र टेलिभीजन भन्दा फेसबुक तथा अनलाईन् गतिलो माध्यम बनेको बताउँछन् – विवेकशिल नेपाल साझा पाटी क्षेत्र न ४ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार अम्लेस कर्ण । सबैको हातमा मोवाईल हुने भएका कारण उम्मेदवारहरुले गरेको गतिविधी हेर्नको लागी सामाजिक संज्लाल नै प्रयोग गर्ने गरेको कर्ण बताउछन् । यस्तै प्रतिनिधी सभाको लागी क्षेत्र ६ बाट उम्मेदवारी दिएका लालबाबु पण्डितले पनि ५ बर्ष अगाडी देखि नै आफ्नो व्याक्तिगत फेसबुक एकाउण्ड खोलेर दिनभरी भएका गतिविधी फेसबुक मार्फत सेयर गर्छन् । नेकपा एमाले मोरङले गरेका हरेक चुनावी गतिविधीलाई अनेरास्ववियु विराटनगर भन्ने फेसबुक पेज मार्फत अपडेट गरिरहेका छन् । क्षेत्र न ३ का उम्मेदवार शुनिल शर्माले खेतमा गएर धान काट्दै गरेकी मतदातालाई धान काट्न सहयोग गरेको तस्वीर सामाजिक संजालमा भाईरल नै बनेको थियो । हुन त यति बेला किसानहरु बाली भित्राउन भ्याई नभ्याई छ । उम्मेदवारलाई भोट माग्न हतार छ भने किसानहरुलाई बाली भित्राउन ।

क्षेत्र न ६ का जीवन आर्चयलाई भोट माग्न जादा आर्शिवाद दिदै एक वृद्धा महिला ।

पछिल्लो समय सूचना प्रविधिको बिकास दिनानुदिन बढ्दो छ । सूचना प्रविधिको विकास जुन रुपले बढ्दो छ, ठीक त्यसै गरी यसको लोकप्रियता पनि त्यतिकै मात्रामा बढिरहेको छ । बिषेशगरी युवा पुस्तामाझ यसले राम्रैसंग जरा गाडेको पाइन्छ । फेस बुक, ट्वीटर जस्ता सामाजिक संजाल आज खबर आदान प्रदान र मित्रताको निम्ति वरदान स्वरुप सावित भइरहेको बेला यसले चुनावी माहोललाई झनै मदत पुगेको बताउनुहुन्छ विगत लामो समय देखि वेवसाईड डेप्लोमेन्टको काम गर्दै आउनु भएका विराटनगर ६ का मोहम्मद जाकिर राजा । यस्ता सामाजिक संञ्जालले कसैले नचिनेको व्यक्तिलाई पनि यसले निरन्तर रुपमा अपडेट गरायो भने सबैले चिन्ने माध्यम बन्ने राजा बताउछन् ।
देशमा हिन्दू राज्य र राजसंस्था पुनःस्थापनाको मूख्य मुद्दा उठाउँदै आएको राप्रपा नेपालले समेत फेसबुकलाई चुनाव प्रचारको माध्यम गतिलो बनाएको छ । फेसबुकको राप्रपा नेपाल एकाउन्टको वाल राजतन्त्र र हिन्दूराज्यको समर्थनमा रंगिएका छन् । यता नेपाली काग्रेस मोरङले पनि ६ वटै क्षेत्रका उम्मेदवारहरुको छुटा छुटै फेसबुक पेज खोलेर चुनावी गतिविधीलाई सामाजिक संञ्जाल मार्फत प्रचार– प्रसार गरिरहेका छन् । क्षेत्र न ६ बाट अर्का उम्मेदावार डा. शेखर कोईराला,जीवन आचार्य लगायतका व्याक्तिगत फेसबुक एकाउण्ट खोली जिताउँ अभियान चलाईरहेका छन् ।
पार्टीको चुनाव प्रचारमा मात्रै होइन, आफ्नै पार्टीका उम्मेदवारले यसपालीको चुनाव जिताउनुपर्छ भन्ने हेतुसँगै फेसबुकलाई प्रयोग गरिरहेका छन् । सामाजिक सञ्जाललाई आफ्नो पार्टीको विचार प्रचारका लागि सकारात्मक प्रयोग हुनु ठीकै भए पनि यसमा अस्वस्थ प्रतिस्पर्धा देखियो भने कसरी अनुगमन र नियमन गर्ने भन्ने विषयमा निर्वाचन आयोग र प्रहरी प्रशासनले भने टाउको दुखाइरहेको छ ।


प्रतिक्रिया लेख्नुहोस