मोरङको क्षेत्र नम्बर ३ यतिबेला चार्चाको विषय , सुनिल शर्मा भर्सेस भानुभक्त ढकाल !!

मोरङको क्षेत्र नम्बर ३ यतिबेला चार्चाको विषय , सुनिल शर्मा भर्सेस भानुभक्त ढकाल !!

सुमन सुस्केरा ,विराटनगर, कात्तिक २७ – मोरङको क्षेत्र नम्बर ३ यतिबेला चार्चाको विषय बनेको छ । यही क्षेत्रबाट उम्मेदवार भएको नेपाली कांग्रेसका सुनिल शर्मा र एमालका पोलिटब्युरो सदस्य भानुभक्त ढकाल चुनावी मैदानमा छन् । नेपाली कांग्रेसले विराटनगरमा रहेको नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मालाई उम्मेदवार बनाएसँगै विभिन्न नाममा यो क्षेत्र चर्चामा छ । अझ नेकपा एमालेका प्रमुख सचेतकको भूमिका निर्वाह गरी सकेका ढकाल यो क्षेत्रबाट उठ्नु पनि चर्चाको कारण बनेको छ । मोरङ क्षेत्र नं. ३ मा एक लाख २७ हजार चार सय ९६ मतदाता रहेका छन । स्थानीय तह चुनावमा २६ वटा वडामा एमालेले २९ हजार एक सय ६२, कांग्रेसले २१ हजार ८७ र माओवादीले १३ हजार चार सय ९५ मत पाएका थिए । अब वाम गठबन्धनको मत ४२ हजार ६ सय ७५ पुगेको छ । कांग्रेसभन्दा २१ हजार बढीको मतान्तर देखिन्छ । राप्रपाको भने एक हजार भन्दा कम मत निर्णायक हुने अवस्था छैन । साथै पछाडि थपिएका मतदाताहरुको मत पनि यस क्षेत्रमा निर्णायक बन्ने देखिन्छ ।

स्थानीय तहमा आएको २१ हजार मत आफ्नो पक्षमा पार्नको लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका शर्मा दौडधुपमा छन् तर एमालेका उम्मेदवार ढकाल स्थानीय तहमा आएको मत आफ्नोमा कसरी सुरक्षित राख्ने भन्नेमा देखिन्छन्  ।

उम्मेदवारहरु मतदातालाई कसरी आकर्षण गर्ने भन्ने उपाएको खोजीमा रहेका छन् । मोरङ क्षेत्र नं. ३ मा उम्मेदवार रहेका सुनिल शर्मा नोबेल मेडिकल कलेजका संचालक हुन । यही अस्पतालबाट अहिले दैनिक ५ भन्दा बढी गाडीहरु स्वास्थ्य शिविरका लागि यो निर्वाचन क्षेत्रमा परिचालित छन्  । यसलाई निर्वाचन आयोगले निर्वाचन आचार संहिताको उल्लंघन भनेको छ । निर्वाचन आचार संहिता विपरित कार्य गरेको भन्दै तीन दिन अघि मात्र निर्वाचन आयोगले नोबेल मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर गर्न लिएको अनुमति खारेज गरेको छ । तर पनि अटेर गर्दै हरेक दिन डाक्टर र भाडाका सवारी साधनहरु आचार संहिता उल्लंघन गर्दै यो क्षेत्रमा पुग्ने गरेको  पाइएपछि  निर्वाचन अधिकृत विकास श्रेष्ठ सहितको टोली नै यो क्षेत्रमा अनुगमनका क्रममा पुग्यो । स्वास्थ्य शिबिर नगर्नको लागि स्वास्थ्य शिबिरको अनुमती खारेजपछि पनि यो क्षेत्रमा स्वास्थ्य शिवर हुँदै गरको भेटिएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चिकित्सक सहितका व्यक्तिलाई केही समय नियन्त्रणमा लिएर छाडिएको थियो ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सुनिल शर्मा सञ्चालक रहेको नोबेल अस्पतालको नाममा चलाइएको स्वास्थ्य शिविर रोक्न निर्वाचन आयोगले केही दिन अघि नै निर्देशन दिएको भएपनि अस्पतालले शिविर रोक्न अटेर ग¥यो । शिविरलाई बिहानैदेखि निगरानीमा राखेको प्रहरीले आइतबार दिउँसो डक्टरहरुलाई नियन्त्रणमा लिएको थियो । स्वास्थ्य शिविरमा अवरोध गरेको र डाक्टर र नर्सलाई हातपात गरेको आरोप कार्यकर्ताले लगाएर काङ्ग्रेसका कार्यकर्ताले २० मिनेट महेन्द्र राजमार्ग अवरुद्व पारे । चुनावी प्रचार गर्न र मतदातालाई आफ्नो पकडमा पार्न खोजेको भन्दै आयोगको निर्देशनमा शिविर रोकिएको हो । शर्मालाई कारवाही गर्ने वा नगर्ने भन्ने विषयमा निर्वाचन आयोग तथा मुख्य निर्वाचन अधिकृतसँग समेत छलफल भएको छ ।

चुनावी मैदानमा वाम गठबन्धनका ढकाल पनि दरिला उम्मेदवार हुनुहुन्छ  । उहाँ अहिले कार्यकर्तासहितको घरदैलो अभियानमा सक्रिय भएर लाग्नु भएको छ  । सुनिल शर्मा पार्टीको भन्दा पनि आफ्नो उम्मेदवार आफ्नो हस्पिटलको ब्यानर लिएर गाउँ गाउँ भोट माग्दै हिँडे पछि अब एमालेले हस्पिटलसँग चुनाव लड्नु पर्ने भएको ढकाल बताउनुहुन्छ । अहिले सुनिल शर्माले चलाएको निशुल्क स्वास्थ्य शिविरको अभियानलाई हेर्दा कांग्रेसको ब्यानर भन्दा पनि आफ्नो अस्पतालको ब्यानर लिएर मतदाताकोमा पुग्ने गरेको ढकालको आरोप छ । शर्माले यस किसिमको धन्दा नरोके गाउँ गाउँमा बाम गठबन्धनले त्यसको प्रतिकार गर्ने चेतावानी ढकालले दिए ।

सुनिल शर्माले स्वास्थ्य शिविर संचालन गरेर मतदातालाई आकर्षण गरेको भन्दै वाम गठबन्धनका उम्मेदवारहरु अत्तालिएका छन् । तर कांग्रेसका उम्मेदवार शर्माले नागरिकको सेवाको लागि स्वास्थ्य शिविर चलाउनु कुनै गलत नभएको बताउनुहन्छ ।

‘मैले नागरिकको स्वास्थ्यको बारेमा चलाएको शिविरको बिषयले कसैको टाउको दुख्छ भने म चुनौती दिन्छु, उहाँको घर पनि तेह्रथुम हो अलैची बाँडेर देखाए हुन्छ’ शर्माले भन्नुभयो । चुनावी प्रतिस्पर्धामा निस्किएका शर्माले आफुले चुनावमा जिते नागरिकका छोरा छोरीलाई निःशुल्क डाक्टर आफ्नै मेडिकल कलेजमा पढाउने समेत आश्वासन समेत दिँदै आएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्