मोरङमा १० हजार मतदाता थपिए

मोरङमा १० हजार मतदाता थपिए

सुमन तिमल्सिना। विराटनगर, असार १३ – मोरङमा निर्वाचन आयोगका कारण छुटेका १० हजार मतदाता अहिले थपिएका छन्  । मनोनयन दर्ताको दिनसम्म ५ लाख ६३ हजार आठ सय ५८ जना मतदाता रहेकोमा अहिले १० हजार ६ सय ४२ जना मतदाता थपिएका हुन् । त्यसलाई आधार मान्दा अहिले विराटनगरमा ५ लाख ७४ हजार ५ सय मतदाता पुगेका छन् । मतदाता नामावलीमा  नाम दर्ता गराउनको लागि फोटो खिचेकाको पनि नामावली छुटेको पत्तालागेपछि उनीहरुको नाम थप गरिएको हो । यसरी तथ्यांक थपिएका जिल्ला भित्र रहेका सबै क्षेत्रको भएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।  क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी भक्तबहादुर भट्टराईले जिल्लाभरिमा निर्वाचन आयोगबाट फागुन ९ गते भन्दा अघि नै नाम दर्ता भएका तर नामावलीमा नाम नभएर छुटेकाहरुको नामावली थप भएर आएको जानकारी दिनुभयो । पहिलाको तथ्यांकमा नामावली नआएको र पछि थपिएर आएको अन्तिम नामावली भएको जानकारी दिँदै फागुन ९ भन्दा पछि  दर्ता भएका नामावली भने नरहेको उहाँले जानकारी दिनुभयो । अब मोरङ जिल्लामा  कुल ५ लाख ७४ हजार ५ सय जनाले मतदान गर्नेछन् । जसमा महिला २ लाख ८३ हजार ५ जना र पुरुष २ लाख ९१ हजार ४ सय ९४ जना रहेका छन् । मोरङमा तिन सय मतदान स्थल र ६६९ मतदान केन्द्र तोकिएको छ । यस्तै एक लाख १२  हजार आठ सय ३२ जना मतदाता रहेको विराटनगर महानगरपालिकामा मतदाता संख्या बढेर एक लाख १३ हजार सात सय ६१ जना पुगेका छन् । सबैभन्दा कम मतदाता केराबारी गाउँपालिकामा १७ हजार नौ सय ८९ जना मतदाता रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्