बिराटनगर ५ असार । मोरङ नेटवर्क र आस्था सर्पोट ग्रुपले बिराटनगरमा एक कार्यक्रमको आयोजना गरी बालबालिकाहरुलाई पोषण राखिएको झोला र नगद रु ५ सयका दरले १५ जनालाई बितरण गरेको छ ।

कार्याक्रमका प्रमुख अतिथि तथा मोरङ जिल्ला समन्वय समिति एच आई भि एड्स शाखाका इामक भट्टराईले हर्लिक्स, गोलकोज, राजमा, बिस्कुट पारलेजी, भएको व्याग बितरण गरे ।

कार्याक्रममा नेपाली कांग्रेसका तर्फबाट बिराटनगर महानगरपालिकाका मेयर का उम्मेवार भीम पराजुलीले बोल्दै भने मैले चुनाव जिते पछि लागुऔषध दु्रव्यासानिहरुलाई रोजगार उन्मुलक तालिम र उनीहरु बाच्न सक्नेखालको कुनै प्रकारको नगरबाट व्यावस्था मिलाउने प्रतिबद्घता जाहेर गरे ।

लागु औषध प्रयोगकर्ताहरुका सुधारक अभियान कर्ता दिपक चापागाईले पनि आफना भनाइहरु राखेका थिए । त्यासैगरी राष्टिय एच आइ भि एडस महाशाखाका उपाध्यक्ष खगेन्द्र खडकाले आफना कुरा राख्दै मोरङमा हाल एडस लागेकाहरुको संख्या १३सय ४७ रहेकोछ र झापामा १२ सय सुनसरीमा ११सय रहेका छन् ।



प्रतिक्रिया लेख्नुहोस