प्रेम देवान
विराटनगर ५ जेष्ठ । मोरङमा एचआईभी सक्रमण बढ्दै गएपछी आस्था सपाेर्ट ग्रुप संचालनमा आएको छ । सक्रमित रोगीहरुको वर्षेनी संख्या बढदै गएपछि जिवन दृष्टि सामुदायिक पर्नस्थापना केन्द्र विराटनगरले लक्षित वर्गका लागी स्पोट ग्रुप स्थापना गरी संचालनमा ल्याएको हो । स्पोट गु्रपले विराटनगरमा शुत्रबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।सेवा अन्र्तगत संस्थाले सक्रमित व्यक्तिहरुलाइ सर्व सुलभ उपचार सेवा पुर्याउन घरदैलो, हेरचाह तथा सक्रमित व्यक्तिहरुका लागी वकालत समेत गर्ने सामुदायिक पुर्न स्थापना केन्द्रका अध्यक्ष सुशिल रिजालले वताए । हाल मोरङमा पांचहजार एचआइभी सक्रमित रहेको अनुमान गरिएको छ । साथै नेपालभरी ५० हजार एचआइभी सक्रमित रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । एचआइभी सक्रमित प्रति राज्यको ध्यान जान नसक्दा अझैपनी सहज रुपले एचआइभी सक्रमितहरुले उपचार पाउन सकेका छैनन ।



प्रतिक्रिया लेख्नुहोस