प्रेम देवान, विराटनगर २६ असोज । नेपाली रंगकर्मको रंग पछिल्लो एक दशक यता थप चहकिलो बन्दै गएको छ । रंगमञ्चलाई पछि पार्दै केही दशक काँचका पर्दाको जगजगी रह्यो । तर, विस्तारै मानिसहरु ‘अर्गानिक ’तिर आकर्षित हुन थाले जस्तै भर्चुअल संसार भन्दा ‘लाइभ’ तिर मानिसको आकर्षण पनि बढ्न थालेको छ ।  हो, नेपाली रंगकर्मको जीवनमा विस्तारै लालित्य बढ्दो छ । रंगकर्ममात्र होइन यो क्षेत्रमा लाग्नेहरुको क्रेज पनि कम छैन । पछिल्लो समयमा रङ्गक्षेत्रका कलाकारहरु नेपाली सिने जगतमा पनि उति मात्रमा चर्चाको शिखरमा पुगेका हामीसँग धेरै उदाहरण छन् । उदाहरणको रुपमा हामीले अहिलेका चर्चित नायक दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, नाजिर हुसेन र मोफसलबाट रङक्षेत्रबाट पाहिला बढाउदै गरेका रामभजन कामत पनि कम छैनन् । तर रंङ्गक्षेत्रामा पछिल्लो समय चर्चाको शिखरमा रहेकी प्रतिभा हुन, २६ बर्षिया नानी थापा । सिन्धुपाल्चोक सुनकोशी गांउपालीकामा आज भन्दा २६ बर्ष अगाडी र स्व.पिता स्याम थापा र माता लिला थापाको कोखबाट जन्मिएकी नानी थापा यतिबेला उनलाई रङ्गक्षेत्रमा भ्याई नभ्याई छ ।
बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला आफ्नै लेखन र निर्देशनमा नाटक “जुनकिरी“ लिएर विराटनगर आईपुगेकी छिन् । यसैक्रममा नानी थापा आवर विराटनगरको कार्यलय खोज्दै बिहीबार आईन् । यसैक्रममा आवर विराटनगर डट नेटले उनीसँग केहीबेर भलाकुसारी पनि गर्यो ।

सिन्धुपाल्चोक जिल्लामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाउदै आएकी नानी थापा विभिन्न सामाजिक क्रियाकलापको माध्यमबाट सञ्चारमाध्यममा छाउँदै आइरहेकी छिन् । सरकारको तर्फबाट बालमनोबैज्ञानिक को रुपमा काम गरिसकेको थापालाई सानै देखी कलाकारितामा रुचि थियो । “अहिले सम्म कति नाटकमा अभिनय गरिन ठ्याक्कै थाहा छैन तर सय भन्दा धेरै र १० देखि १५ वटा त म्यूजिक भिडीयोमा अभिनय गरिसकेको आवर विराटनगर डट नेटसंग भलाकुसारी गर्दै नानीले भनिन् ।
विराटनगरको आरोहण गुरुकुलमा दुई दिन जुनकिरी
आरोहण गुरुकुल विराटनगरमा यहि असोज २८ गते शनिबार र ३१ ग्ते मंगलबार जुनकिरी मञ्चन हुने भएको छ । रंगकर्मी नानी थापाको लेखन, निर्देशन तथा नानीकै एकल प्रस्तुती रहेको नाटक विराटनगरको हाटखोलास्थित शुशीला कोईराला नाटकघरमा दिउँसो १२ बजे र अपरान्ह ४ बजे मञ्चन हुन लागेको हो । सिन्धुपाल्चोकको गढी नगरपालिका वार्ड नम्बर १४ का भुकम्प पिडित ५६ माझी परिवारको सहयोगार्थ स्वेताश्री फाउन्डेसनले संचालन गरिरहेको एकिकृत माझी बस्ति बिकास परियोजनाको लागि आर्थिक सहयोग जुटाउन नाटक मञ्चन गर्न लागिएको हो । भुकम्प पिडितहरुको सहयोगार्थ आर्थिक सहयोग जुटाउन नानीको जुनकिरी नाटक प्रदर्शनी नेपाल यात्राको क्रममा छ ।

जुनकिरी नाटकले यसो भन्छ –
सामाजिक यथार्थपरक नाटक जूनकिरीमा यस्की पात्र स्वयम् जूनकिरी र आकाशकी जून जो दुबै सुर्यको उज्यालोमा भन्दा पनि बरु अन्धकार रातमा बढी चम्किन्छन र अस्तित्व प्राप्त गर्दछन । उनीहरुबिचको यहि समानताहरु र केही भिन्नताहरुलाइ बिम्बको रुपमा प्रस्तुत गर्दै एउटी सामान्य गाउँकी युवती कसरी व्यवसायिक हाइ प्रोफाइल कल गर्ल हुन पुग्छे र एक दशक जीवनकालको यात्रामा उसंग जोडिएका र छुट्टिएका केही पात्रहरुको कथा पनि संगसंगै बुन्दै लैजान्छे । एक आँटिली र बिद्रोही स्वभाबकी पात्र जूनकिरी नाटकभित्र महिला शसक्तिकरणको एउटा दरिलो संदेश बोकेर जूनकिरीले पुरै समाज, कानून, राज्य व्यवस्था र विश्व समुदायलाइ नै कडा व्यंग्य गर्दै चुनौती दिन पनि पछि हटेकी छैन भने कथाभित्र आमा बाबा र आपूmले प्रेम गरेको युवकको लागि जूनकिरीको अत्यन्तै उदार प्रेम र समर्पणको भाव नाटकभित्र छताछुल्ल पोख्ने कोसिस गरिएको नाटकी लेखक तथा कलाकार नानीले बताईन् ।

नानीको अभिनयको रङ्गयात्रा
नानी थापाले बाल कलाकारको रुपमा १० बर्षकै उमेरदेखी नाटक खेल्ने गर्थिन् । उता सडक र स्टेज नाटकहरु लेख्ने, निर्देशन गर्ने र अभिनय समेत गर्दागर्दै १४ बर्षको उमेरमै आफ्नो पहिलो एकल नाटक पुतली मन्चन गरिन् । बेचिएकी चेली, बिद्रोह, अ ब्युटिफुल वुमन हुँदै पाँचौ एकल नाटक जूनकिरी गत बर्ष सर्वनाम थियटरमा मन्चन गरिसकेर यतिबेला विराटनगरमा आईपुगेको छ । त्रिभुवन विश्वविद्यालयबाट नाटक , सामाजिक कार्य र कानुनमा स्नातक गरि मनोबिज्ञान र राजनिती शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरिसकेकी नानीले अहिले पुर्वान्चल विश्व विद्यालयबाट कानुनमा स्नातकोत्तर गर्दै छिन् । सामाजिक न्यायको क्षेत्रमा कार्यरत उनका नाटकहरुमा पनि विशुद्ध सामाजिक बिषय वस्तु कै कथाहरु नै बढी हुने गर्छन् ।


प्रतिक्रिया लेख्नुहोस