aaa

प्रेम देवान / आवर विराटनगर डट नेट
विराटनगर ४ जेष्ठ । कानेपोखरी गाउपालीका वडा नं ७ स्थित पुर्व पश्चिम लोकमार्ग जंगलमा एक महिलाको निधार र टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गर्ने फरार अभियुक्त ८ महिना पछि पक्राउ परेका छन् ।

हत्यमा संलग्न फरार अभियुक्तलाई पत्रकार सम्मेनमा सार्वजनिक गर्दै ।
तस्वीर: प्रेम देवान आवर विराटनगर डट नेट

गत वर्ष २०७३ असोज १० गते जङ्गगलमा जग्गाको कारोबारी गर्ने दार्जेलिङ प्रधान रोड वेष्टबंगाल बस्ने २९ वर्षिया लिला शर्मा दाहालको ढुङ्गाले हानि हत्या भएको थियो । तत्काल घटना स्थलबाट मृतकको सनाखत हुन नसकेपछि उनले लगाएको कपडाको आधारमा प्रहरीले हत्यामा संग्लनहरुको खोजी कार्य तिव्र पारेको थियो ।मोरङ प्रहरीले बिशेष टोली परिचालन गरी व्यापक रुपमा खोजतलाश गरी ८ महिना पछि दार्जेलिङ सिलगुडी चम्पासरी ग्रामपञ्चायत सालवारी मेथिवारी काजिमान प्रधानरोड वेष्टबगांल बस्ने ४२ वर्षका राजकुमार प्रधानलाई प्रहरी पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यलय मोरङले विहीबार पत्रकार सम्मेलन गरी लिलाको हत्यामा संलग्न अभियुत्त प्रधानलाई सार्वजनिक गरेको हो ।

लिलाको यही ढुङ्गाले हत्या गरिएको थियो ।
तस्वीर : प्रेम देवान आवर विराटनगर डट नेट

हत्यामा संलग्न राजकुमार प्रधान भारतमा नै बस्ने गरेकोले निजलाई पक्राउ गर्न जटिलता भएको मोरङका प्रहरी प्रमुख सन्दिप भण्डारीले भने । ’ तर पनि पनि हत्यामा संलग्नलाई पक्राउ गर्न खटाइएको विशेष टोलीद्धारा नेपाल तर्फ आउने क्रममा यही वैसाख ३१ गते WB74AE0345 नम्बरको कारमा चढी भारतबाट नेपाल आइरहेको भन्ने बिशेष सुचनाको आधारमा पथरी शनिश्चरे १ स्थित बजारबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको थियो । प्रहरीले राजकुमार प्रधानलाई घटनास्थलमा लगी समेत घटनाको बारेमा सोधपुछ गर्दा निज स्वयमले उक्त घटना के कुन समयमा के कस्तो प्रकृयावाट घटाएको भन्ने प्रष्ट रुपमा खुलाई उक्त वारदातमा आफ्नो संलग्नता रहेको स्वीकार समेत गरेको प्रहरीले जनाएको छ । लिला र राजकुमार जग्गाको कारोबारी गर्ने गरेको र उनीहरु विच एक आपसमा कुरा नमिले पछि हत्या गरीएको हुन सक्ने प्रहरी अनुमान गरेको छ । हत्यामा संलग्न अभियुक्त प्रधानलाई म्याद थप गरी हत्या आरोपमा जेल चलान गरिने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया लेख्नुहोस