पाउल मसोनले आफ्नो “द ग्लोबल मिनोटौर” मा लेखेका छन–अधिकतम राजनितिज्ञहरु सिद्धान्तवादी हुन सक्दैनन् किनभने प्रथमतः तिनीहरु बिरैले चिन्तन र विषयवस्तुलाई विशलेषण गर्दछन, दोसा्रे–तिनीहरु तडक भडकमा यति सम्म तल्लिन हुन्छन् कि ठूला विचारहरु प्रत्यूतपादन गर्न समय नै बाँकी राख्दैनन् । तर सबभन्दा ठूलो कुरा के हो भने सिद्धान्तवादी हुनलाई “आफू गलत”छु भन्ने सम्भावनालाई साक्षात्कार गर्नै चाहदैन्,“अल्पज्ञानी छु” भन्ने मान्दैनन् र “सिद्धान्तको विचलन”बाट उब्जिने समस्याको भंयाकर चक्रव्यूहलाई तोड्नै सक्दिैन भन्ने विचार नै नगरी दम्भको प्रर्दशन गर्र्दै राजनितिक बजारीकरणमा व्यस्त भइदिन्छन् । यो प्रसङ्ग यथास्थितिको चूनावी वाम–गठवन्धन र गर्भाष्य अवस्थाको वाम–एकतालाई पूर्ण रुपमा सम्बोधित गर्दछ । दशंैको शुभबिहानी सँगै एउटा “प्यानडोराज बक्स” लिएर सभागृहमा ‘सूपरम्यान’ को आवरणमा नेताहरु इन्ट्री गरे र कुम्भ मिलाएर भ्रमयूक्त मुस्कान छर्किदै सौहार्दताको को नाटक मंचन गरेर सबैलाई चकित पारे।

“प्यानडोराज बक्स” भित्र का धेरै रहस्य खोल्न हतारो कसैले गरेन किनभने कथा जस्तो यो ‘बक्स’मा दुख, कष्ट, वेदना सगैँ हर्ष मिश्रित थिएन । यसमा त केवल जालझेल, दोष,रोष,लोभ लालच मात्रै थिए जो चूनावको नतिजापछि ‘बक्स’नखोले पनि ठुलै धमाका का साथ आफै बाहिर आउनेछ । मंगलबारको त्यो साँझ कतिको अनुहार ‘ककटेल पार्टी’ का लागि चकमग्न थिए भने कतिको ‘निरश, वेवश, लाचार,कुन्ठित र रोदन ले भरिपूर्ण थिए । त्यो भने माकेका केही नेता र प्रयोगवादी ‘डा’ साहवको अनुहारमा प्रष्टै देखिन्थ्यो । महान कमरेड ‘प्रचण्ड’ दिन रात जति बेलानि चमत्कार गर्न सक्ने खुबी राखेको हुँदा पिरोलिनु ठाँउ रहने तर दोस्रो दर्जाका प्रचण्डका सैनिकहरु र वैकल्पिकवादी डा.भट्टराईको बलि चढिसकेको भान उनीहरुलाई भएपनि त्यो ‘गम’लाई ‘नम’पारेर आर्टिफिस्यिल मुस्कानले चित्त बुझाउनु प¥यो । भट्टराई त पूर्ण रुपमै सूर्यवादी भए । उनको वैकल्पिकशत्तिको ‘शरणम गच्छामी’को दृश्य हेर्न लायक थियो । माके को दोहोरो चरित्र दिन र रात जत्तिकै छर्लङ्ग छ । चूनावपछि माके को अवतार कुरेर बसौं । वाँकी ‘वाम–पूर’ को सर्वशत्तिमान र हस्ती केपीशर्मा ओली र उनको दरवारियाहरुको हकमा यो वर्ष फलिफलाप भयो र छ । एउटा प्रभूको शरणबाट उहिले अर्को प्रभूको शरणमा आफूलाई अर्पण गरिसकेका ‘कलियुग पुरुष’ ले ‘माके’ र अन्य ‘वामे’ को नरवली भेटी चढाई प्रभूलाई प्रसन्न पारिसकेका छन् । ‘आँखो देखी कूर्सी ’को लागि महाशंगा्रम को तयारी पूर्ण रुपमा गरिसकेको ठान्छन् र जितको पूर्व उन्मादमा आफ्ना दरवारियाका साथ ‘सूर्य’ आराधनामा मग्न भएका छन् । यो नाटक मंचन सबैले देखेकै हो अब वास्तविकता तिर जाऔं ।

वामपन्थि एकता–भु्रण, गर्भाष्य, जन्म र भविष्य
भु्रण
पूष्पलालको अगुवाईमा विसÞ२००६ मा कम्यूनिष्ट पार्टी स्थापित भई वामपन्थिविचार र राजनितिको सुरुवात भई हाल सम्म आउँदा कम्यूनिष्टहरु धेरै चोटी जुटे–फुटे । नेपालमा वामपन्थि जुट्नु र फुट्नु नियति नै बनेको छ । जहिले जुट र फुट को शृङ्खला हतारोको परिणाम नै हुन्छ । हालभएको वामएकताको ‘उद्घोषणमा’ भट्टराईले ‘आकस्मिकता’को उच्चारण गरेर त्यसलाई पूष्टि गरिदिए । अरु नेता भने वर्षैंदेखिको वैचारिक मन्थनबाट भएको भने पनि त्यसमा सम्यता बिल्कुलै छैन ।
नेपालको संविधान २०७२ निर्माणमा भारतको खुल्ला हस्तक्षेप र दलिय प्रतिकारबाट रन्थनिएको भारतले अघोषित नाकावन्दी जस्तो आत्मघाती कदम चाल्यो । जसले राष्ट्रिय स्तरमा भारत विरोधी भावनाको विकास भयो । “स्लिपिङ्ग ड्रयागन” ले यो मौकालाई आफ्नो हित अनुकुल प्रयोग गरि भारतको एकमात्र छत्रछायाँलाई जसरी पनि अस्त पार्ने अठोट ग¥यो । नाकावन्दीको असफलताले भारतको ‘अंगुर खट्टे’ भन्ने मनोभावनाले ‘अंगुर’ बाट केही दिन टाढै रहने र “वाचडग” को भूमिका अख्तियार गर्ने सोच्यो । भारतको समयअनुकुल कुटनितिले दुर दराज सोच्न छाडिसकेको थियो । भारत विरोधी भावनालाई निर्मुल पार्न र आत्मरक्षाको लागि पनि भारत ‘डिफेन्सिभ’ पोलिसि अपनायो । भारतको ‘डिफेन्सिभ’मा चिनले धैर्यतापूर्वक ‘अफेनसिभ’पोलिसि अंगिकार ग¥यो र दीर्घकालिन रणनितिका लागि ‘वामएकता’को वहस सुषूुप्त हिसाबले कुटनितिज्ञहरु बाट एमाले भित्र लबिङ्ग को बिषय बनायोे ।
भारतको सक्रियतामा अविश्वासको प्रस्ताव ल्याई ‘वामपन्थि’ ढल्योे । यो अपमान माके भित्र रहेको सरकारमा सहभागी नारायणकाजी श्रेष्ठ र टोप बहादुर रायमाझीलाई अपच नै थियो । यता एमाले पनि भारतलाई अब पूरै बाइपास गर्ने ‘मुड’ मै थियो र त्यही बेला चिनको सफ्ट सक्रियता, रिजिड पोलिसि र “प्यासोनेट डिप्लोमेसी”ले माके को दोस्रो दर्जाको नोता र एमाले बीच वहस स्वरुप ‘वामएकता’को भ्रूण प्रत्यारोपण भयो ।

गर्भाष्य र जन्म
प्रचण्ड र देउवाको केमेस्ट्री प्रचण्डको सरकारप्रमुख हुँदा सम्म सम्म ठिकै थियो तर प्रचण्डको आवसन भएपछि प्रचण्डले आफ्नो ‘केमिकल फर्मुला’ नै फे¥यो । फल स्वरुप दोस्रो तहका नेताहरुको नियमित ‘वामएकता’कोे लागि देवाव पछि एमाले सँग प्रष्ट रुपमा लबिङ्ग गर्ने जिम्मा प्रचण्डले तिनै नेता हरुलाई लगायो । आफु भने माके–काँग्रेस को गठबन्धनलाई तुरुन्तै छोड्दा देशैभरी नराम्रो सन्देश जाने र भारतले सो को भनक मात्रै पाए एकता भाडिने हुँदा काँग्रेस र भारतको रणनितिमा हो मा हो थप्दै गए । काँग्रेस र भारतलाई अल्झाएर राख्दै अन्त तिर सिथिल बाबुराम लाई लिदै ‘वामएकता’को गर्भाष्यको अवस्था बाट मंगलबार ‘वामएकता’को जन्म चूनावी तिथि पछि हुने उद्घोष गरे ।
भविष्य
हतारो वाम–पन्थी चुनावी गठ्जोड र गर्भाष्य अवस्थाको वाम एकता सफल हुने सम्भावना को आकलन सजिलो हिसाब ले रोमान्चक देखिन्छ तर यथार्थ धरातलमा निकै जटिल छ । वाम पन्थी हरु को यो मंगले मिलन ढंगले नभएको भान सर्वत्र छ । वाम पन्थी को मिलन “टाउके मिलन” मात्र भयो पुच्छर को अत्तो पत्तो नभएको मिलन को टाउको छुटिए घिस्रिने अवस्थामा वामपन्थीहरु पुग्न सक्छन । एमाले लाई वाम एकता असहज र भट्टराइ को शब्दमा आकस्मिक थिएन । त्यस्को लागि सत्ता को कार्यभार देखी विदाको समयमा एमाले ले गहन छलफल गरी आफ्ना कार्यकार्ता व्यबस्थापन गर्ने स्पष्ट खाका तयार गरी ससक्त तयारी का साथ मैदान मा उत्रियो तर माके र नयाँ शक्ति को भने यो आकस्मिक्ता को सम्बोधन मात्रै हो । शिर्षार्थ नेता हरु को व्यवस्थापन सिवाय तल्लो तह सम्म जानकारी र छलफल बिना भएको एकता ले कार्यकर्ताहरु विक्षुब्ध र अन्यौलमा छन । हाल लाई टिकट को लोभ र चुनावी माहोल मा साम्य रहेको माके का कार्यकार्ताहरु धेरै बेर मौन बस्दैनन् । जनयुद्ध को चरम दुख खेपेर आएका नेता तथा माके का कार्यकार्ताहरु सत्ता को स्वाद नलिई राजनीतिक जीवन ओझेल मा देख्दैछ । माके का कार्यकार्ता हरु एमाले का सम्मानान्तर तहका नेता भन्दा आफुलाई तुलनात्मक रुपमा कमजोर ठान्छन। अर्को तिर एमाले को कार्यकर्ता हरु को दम्भ ले माके का कार्यकर्ता हरुलाई एकता को धरातल मा धेरै टिक्न गाह«ै छ । एमाले का कार्यकर्ता हरु ले माकेका कार्यकर्ता लाई नगन्ने परीपाटी नि हावी भएको बेला एमाले को अगाडि माके कालान्तरमा निरिह सावित हुनेछ । वाम एकता को आवश्यकता नबुझाई र कार्यकर्ता हरु तल्लो तह सम्मै व्यबस्थापन नगरदा यो मंगले वाम एकाता को गर्भाष्य जन्म तिथी अगाडि नै गर्भपात हुनसक्छ ।

काँग्रेसको भविष्य
वाम–एकता पछि काँग्रेस आत्तिएको छ जुन आवश्यक छ तर हठात गरी हाल्नु पर्ने स्थिती पैदा भएको छैन । वाम–एकता ले काँग्रेस नामेट हुने डर निर्धार हो तर खिईएको पाङ«ागाले नै दौडने र जित्ने अन्धविश्वास मा छ भने भन्न सकिने अवस्था रहन्न । वाम–एकता ले काँग्रेसलाई क्षणिक घाटा देखिएपनी त्यसलाई रणनितिक हिसाब ले लिए धेरै लाभ छ । हिजो जनता माओ को डर ले कँग्रेस छोडे र वामे हरुको शरण मा पुगे फेरी कँग्रेस को आफ्नै कमजोरी का वाबजुद पनि जनता ले पत्याइरहे। जनता केही न लागेर बुढो काँग्रेसलाई कतीहलो बेर्नु भनी दिक्दार भएर वाम सत्ता तिर लम्किए तर वाम हरु को स्वार्थ र सत्तामुखी गठ्वन्धनलाई जनता सामु काँग्रेस ले उजागर गर्न सके, आफुलाई सच्चाएर गुट उपगुट र भाड्भैलो को व्यवस्थापना गरी लोकतान्त्रिक रोड्म्याप स्पष्ट का साथ अघी सारे यही चुनाव पनि फलदायी हुन सक्छ । प्रजातान्त्रिक शक्ति परिक्षाको घडीमा उभिएको छ । एकातिर सत्ताका लागि वाम हरु एक भएको बेला काँग्रेस आँफै भित्र रहेको स्वार्थ लाई निर्मुल पारी काँग्रेस भित्र ैएभका गर्न नसके काँग्रेस वाम शक्ति र जनता ले हैन आफ्नै ढंगले हारेको ठहर हुनेछ ।

वामएकता र अवको विदेशी निती
वाम–एकता स्वच्छ मनोभावना ले भईदिए देश को वृह्त्तर हित र छिमेकीलाई कडा सन्देश जान्थ्यो तर कतै नदेखेको आत्ममिलनले भविष्यको सम्भावना सून्यप्राय छ । वाम एकतामा “ड्रयागन रणनिती” को जित देखिएपनि कतिको फलदायी र टिकाउ हुनेछ त्यो हेर्न केही समय धैर्य गर्नै पर्छ । भारत को पक्षमा वामएकताको बिषयमा जानेको नहुनु अथवा जानेर पनि केहीगर्न नसक्नु उसको रणनितीक हार हो । वाम र लोकतान्त्रिक पक्षधर को किचलो ले विदेशी श–क्तको आगमन तथा आमन्त्रणा अब बढने छ । एकले अर्का लाई निषतेज पार्न जुनसुकै राजनीतिक कदम चाल्ने हुँदा देश मा राजनीतिक ज्वारभाटाले सङ्कलित राजनीतिक उपलब्धी दुर्वल हुने र गुमने खतरा पनि बढ्न सक्छ । वाम तथा लोकतान्त्रिक शक्तिले आफु अनुकुल वैदेशिक शक्तिको भरमादुर प्रयोग गर्ने हुनाले देशमा भाडभैलो निम्तिन सक्छ । जसको खतरा लोकतन्त्रमाथि हुनेछ । यता वाम–एकता पनि कथमकदाचित असफल भए नेपालमा वाह्यशक्तिको चलखेलमा वामपन्थीहरुको राजनीति यसरी निर्मुल पारिनेछ कि नेपालबाट वामको काम युगौ सम्मको लागि तमाम हुनसक्छ ।


प्रतिक्रिया लेख्नुहोस