विराटनगरको युनिकको खानामा किरा र ढुसी भेटियो

विराटनगरको युनिकको खानामा किरा र ढुसी भेटियो

विराटनगर असार १३, विराटनगरको चिरपरिचित फास्टफुड युनिकको खानामा किरा र ढुसी भेटिएको छ । विराटनगरका स्थानीय लक्ष्मण ढकालले मगाएको सिङ्गडामा किरा र ढुसी भेटिएको उनले आवर विराटनगरलाई बताए । आज दिउँसो खाजा खान मगाएको समोसामा किरा भेटिएको र युनिकमा फोन गरेर गुनासो गर्दा कुनै प्रतिक्रिया नजनाएको उनले बताए । युनिकमा हामीले सम्पर्क गर्दा गल्ती भएको हो , जानी जानी गरिएको हैन भनी सजिलो जवाफ फर्काएको पाइयो ।ढकालका अनुसार उक्त सिङ्गडा अझै आफू संग रहेको र प्रमाण स्वरुप पेश गर्न सक्ने बताए । यस अघिपनि युनिकमा गुणस्तरहिन खाना फेला परेको थियो ।

यसैबीच युनिकका निर्देशक चन्दन जैनले आवर विराटनगरलाई सम्पर्क गरि आइन्दा यस्तो गल्ती नहुने भन्दै क्षमा मागेका छन् । युनिकले गुणस्तरमा सम्झौता नगर्ने बताउदै सम्पुर्ण ग्राहक बर्गमा पर्न गएको असुविधा प्रति क्षमायाचना गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्