मोरङको विराटनगर-१८ स्थित सास्तम कलेज नजिकैबाट प्रहरीले शुक्रबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका-८ बस्ने १८ बर्षिय राजु थापा रहेका छन् । थापालाई सि. आर. भी जतुवाबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट डाईजेल्याब १६ एम्पुल, एबिल १६ एम्पुल ,लुपिजेसिक १६ एम्पुल, फेनारगन १६ एम्पुल र नाईट्रोसन ५० ट्याबलेट बरामद गरेको छ।
थापालई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया लेख्नुहोस