उच्च अदालत विराटनगरका अधिकृत नारायण प्याकुरेल र कुटाई खाने ट्राफिक प्रहरी जवान पर्शुनारायण सिंह । फोटो फाईल

प्रेम देवान / आवरविराटनर डट नेट

विराटनगर २३ असोज । हिजो सर्वसाधरण प्रहरीबाट कुटिन्थे तर समय बदलिन थालेको छ । हिजो आज सर्वसाधरण हैन सर्वसाधरणबाट डिउटीमा खटिएका प्रहरी कुटिन थालेका घटना आउन थालेका छन् ।

फोटो फाईल

विराटनगरमा पनि हिजो – आज डिउटीमा खटिएका प्रहरीहरु सर्वसाधरणबाट कुटिनु सामान्य हुन थालेका छन । उच्च अदालत विराटनगरका अधिकृत नारायण प्याकुरेलले गत भदौ २६ गते सोमबार साँझ ड्युटीमा भएका प्रहरीमाथि कुटपिट गरे । अत्यधिक मादक पदार्थ सेवन गरेर स्कुटर चलाउँदै आएका प्याकुरेलले विराटनगरको अति नै व्यस्त रहने जलजला चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान पर्शुनारायण सिंहमाथि साँझ ७ बजेको समयमा कुटपिट गरेका थिए । ट्राफिक प्रहरी मात्र हैन प्याकुरेलले वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत हवल्दार निर्मल कार्कीलाई पनि मुक्का प्रहार गरेका थिए । उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरी मुद्धा समेत दर्ता गरी कारबाही गर्यो ।

उच्च अदालत विराटनगरका अधिकृत नारायण प्याकुरेल र कुटाई खाने ट्राफिक प्रहरी जवान पर्शुनारायण सिंह ।
फोटो फाईल

तर आज अघिल्लो घटना भएको एक महिना पनि नपुग्दै विराटनगरमा पुन २८ औं दिनमा डिउटीमा खटिएका एक ट्राफिक प्रहरीले कुटाई खाएका छन् ।  सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङबाट खटिएका ट्राफिक प्रहरी जवान सुवोध यादवमाथि कुटपिट भएको छ । कोशी अञ्चल अस्पताल अगाडी अस्पताल चोकमा सोमबार डिउटी खटिरहेका यादवलाई सिटी सफारीका चालकले ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गरेका हुन् । विराटनगर १६ का २२ वर्षीय सिटी रिक्शा चालक अजय कामतले डिउटीमा खटेका ट्राफिक प्रहरी यादवमाथी कुटपिट गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका ट्राफिक प्रमुख मदन गिरीले आवर विराटनगर डट नेटलाई जानकारी दिए ।
कोशी अञ्चल अस्पताल अगाडी भिडभाड भएको स्थानलाई हटाउन खोज्दा सिटी चालक प्रहरी माथी जाईलागेको र चावी खोस्ने क्रममा विवाद भएपछि पछाडीबाट मौका छोपेर ट्राफिक प्रहरीमाथी हातपात गरेको हुन सक्ने गिरीले बताए ।
अस्पताल अगाडि सधै व्यास्त र भिडभाड साम्य पार्नको लागी एक जना ट्राफिक प्रहरीलाई टिउटीमा खटाईने गरेका छ । सोमबार पनि त्यही भिडभाड साम्य पार्नको लागी ट्राफिक प्रहरी जवान यावदले सफारी पार्किङलाई नियन्त्रण गर्ने क्रममा यादव माथी कुटपिट भएको हो स्रोतको भनाई छ ।
कुटपिट गर्ने सिटी चालक अजय कामतलाई तत्काल जिल्ला प्रहरी कार्यलय मोरङले सिटी रिक्शा सहित नियन्त्रणमा लिएको छ । कामतलाई डिउटी र बर्दी लगाएको प्रहरी माथी हातपात गरेको विषयमा मुद्धा चलाईने जिल्ला प्रहरी कार्यलय मोरङका एसपी अरुण कुमार बिसीले आवर विराटनगरलाई जानकारी दिए । उनका अनुसार कामतलाई थप अनुसन्धान गरी भोली नै मुद्धा दर्ता गरी १ हजार देखि २८ हजार सम्म जरीवाना हुन सक्ने एसपी विसीले बताए ।


2 COMMENTS

  1. Ek dam khusi ko kura ho trafic matra haina wada prahari ra jilla prahari sabai mathi sisno le chutnu parchh

प्रतिक्रिया लेख्नुहोस