बिराटनगर २८ कार्तिक । राष्ट्रिय सतर्कता केन्द सिंहदरवार काठमाण्डौं र जिल्ला प्रशासन कार्यालय मोरङले भ्रष्ट्रचार नियन्त्रण, हाम्रो साझा दायित्व बिषयक अन्तरकृया गोष्ठी बिराटनगरमा सम्पन्न भएको छ ।

कार्याक्रमका प्रमुख अतिथि तथा मोरङ जिल्ला समन्वय समितिका प्रमुख नरेस प्रसाद पोखरेलले कार्यक्रमलाइ सम्वोधन गर्दै, अब आफैबाट सुद्घता हुदै नियात सफा पारेर सुधार तिर लाग्नु पर्ने बताए । राष्ट्रिय सतर्कता केन्दका वरिष्ट प्रहरी उपरिक्षक इन्द्रबहादुर डागी भ्रष्ट्रचार नियन्त्रण गर्न सबैको साइाा दायित्व रहेकोले यस्तो कामहरु गर्न कानुनले निषेध गरेको बताए ।
भ्रष्ट्रचार निवारण ऐन २०५९ ले गलत काम गर्न नपाइने भने पनि यो काम भने भइरहेकाले सार्वजानिक क्षेत्रमा काम गर्ने नेता आर्थिक कारोवार गर्ने कार्यालयका कर्मचारी हरुलाई आम जनताहरुले आरोप लगाइरहेको पाइन्छ ।
राष्ट्रिय सतर्कता केन्दले यस प्रकारको कृयाकलाप नहोस भनेर सजक गराउने हो र नमाने कार्यवाहीको लागि अख्तियरमा पठाउने मुद्वा चलाउने जस्ता काममात्र गर्ने जानकारी गराउदै आफनो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
इन्जिनियर दिपक साहले ५० लाख भन्दा माथिको प्राबिधिक अडिट गर्नु पर्ने जस्ता बिषय समेटेर आफनो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले यो संचेतना मुलक कार्यक्रम हो, नितिगत रुपमै भष्ट्रचार हुने भएकाले सुधार गर्न जरुरी भइसकेको बताउनु बताएका छन् ।


प्रतिक्रिया लेख्नुहोस