विराटनगर २७ कातिक । विराटनगर महानगरपालिका वडा नं –११ को एक घरमा सोमबार विहानै चार लाख लाख भन्दा बढीको धनसम्पत्ति चोरी भएको छ ।
विराटनगर–११ वस्ने वलराम कारंजीतको घरमा परिवारका सदस्यहरु नभएको अवस्थामा आज विहान तीन वजे ४ तोला सुन र १५ तोला चादी सहित नगद गरी रु चार लाख भन्दा बढी चोरी भएको छ ।
घर धनी कारंजीत र परिवारका सदस्य झापा गएको समयमा ढोकाको ताला फोडी कोठाभित्र रहेको दराजवाट उक्त मालसमान चोरी भएको मोरङ प्रहरीले जनाएको छ ।
चोरी गर्नेले हुलिया परिवर्तन गरेका कारण विशेष सुरक्षा परीचालन गरी चोरीमा संग्लनहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव उपरीक्षक विष्णुहरी कोईरालाले जानकारी दिए ।

 


प्रतिक्रिया लेख्नुहोस