विराटनगर-७ का चालक दुर्घटनामा घाइते

विराटनगर-७ का चालक दुर्घटनामा घाइते

मोरङको ग्रामथान गाँउपालिका-६ स्थित भित्री सडक खण्डमा शुक्रबार टिफरको ठक्करबाट ट्याक्टरका चालक घाइते भएका छन।
घाइते हुनेमा को१ त ४५० नम्बरका चालक मोरङको विराटनगर-७ बस्ने २५ बर्षिय साजन साह रहेका छन्। उनलाई तत्काल नम्बर नखुलेको पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिफरले ठक्कर दिएको थियो। घाइते साहको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने टिफरका चालक फरार रहेकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्