सत्यनारायण स्कुल फाईनलमा

सत्यनारायण स्कुल फाईनलमा

विराटनगर, १५ साउन
कोकाकोला अन्तर विद्यालय फुटबल प्रतियोगिताको पहिलो सेमिफाइल खेलमा सत्यनारायण माविले सनसाइन बोर्डिङ स्कूललाई २–० गोलमा पराजित गर्दै फाइनलमा प्रवेश गरको छ । सत्यनारायणका सुवेन टुडु र समिर आचार्यले समान १–१ गोल गर्दै टिमलाई विजयी दिलाए । खेलको म्यान अफ द म्याच सनसाइनका अनिष क्षेत्री घोषित भए ।

अन्तिम सेमिफाइनल खेल सगरमाथा बोर्डिङ स्कूल र जनक मेमोरियल बोडिङ स्कुलकाबीच आज हुनेछ। सगरमाथा बोर्डिङ स्कूलले अन्तिम चारमा प्रवेश गर्न डान बोर्डिङ स्कूललाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो। अन्तिम क्वाटरफाइनलमा ३ गोल गर्दै सगरमाथाका सुजिर काफ्ले म्यान अफ द म्याच भ​ए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्