इलामको सुर्योदय नगरपालिका-११ स्थित मेची राजमार्गमा शुक्रबार बा १ झ ३८०५ नम्बरको जिल्ला सिचाई कार्यालय ईलामको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् ।
घाइते हुनेमा मे ७ प ७६०७ नम्बरको मोटरसाइकलमा सवार सुर्योदय नगरपालिका-११ बस्ने ४४ बर्षिय रबिन श्रेष्ठ रहेका छन्।
घाइते श्रेष्ठको विर्तामोडमा उपचार भइरहेको छ भने ठक्कर दिने गाडी र चालकलाई प्रहरी चौकी आइतबारेले नियन्त्रणमा लिएको छ।



प्रतिक्रिया लेख्नुहोस