सुनसरीको विभिन्न स्थानबाट बाढी,डुबेर मृत अवस्थामा ७ जनाको शव भेटियो

सुनसरीको विभिन्न स्थानबाट बाढी,डुबेर मृत अवस्थामा ७ जनाको शव भेटियो

विराटनगर, साउन २८ गते।
गएरातीबाट परेको अबिरल बर्षाले सुनसरीको विभिन्न स्थानबाट पहिचान नखुलेका ७ जना मृत अवस्थामा भेटिएका छन्।
भने अन्दाजी १०० घर डुबानमा परेका छन्। सुनसरीको इटहरी उप-महानगरपलिका-४ स्थित बुढी खोलामा आएको बाढीले उप-महानगरपलिकामा रहेको गैरीगाउका अन्दाजी १५० घर, सृजना टोल, खोर्साने चौक,आपगाछी, साथिपुल, सुकुम्वासीटोल, सुनौलो टोल र डुमटक्का आसपासका बस्तिहरु डुबानमा परेका छन् त्यस्तै दुहवी-४ महलहट्टीमा अन्दाजी ४० घर र यता दुहवीकै मुसहर बस्ती समेत डुबानमा परेको छ।
सेउती खोलमा आएको बाढीले रामधुनी नगरपलिका-६ बक्लौरी स्थितमा अन्दाजी १० घरहरु डुबामा परेका उक्त स्थानहरुमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कर्यालय इटहरी, र दंगा नियन्त्रण प्रहरी गण दुहवीबाट प्रहरीको टोली उक्त स्थानमा गई उद्दार गरिरगहेको छ भने डुबानमा परेर घाइते तथा मृतकको पहिचान गर्ने कार्य भइरहेको छ।
बाढीपहिरोबाट अन्य क्षति
सप्तरीः सप्तरीको राजविराज नगरपालिका-१५ शनिबार विहान परेको अबिरल बर्षाको कारण खाडो खोलाको बाध फुट्न गई डुबानमा परेको छ। उक्त स्थनमा जिल्ला प्रहरी कार्यालय सप्तरी र शसस्त्र प्रहरीको टोली खटिगई उक्त स्थानका अन्दाजी ५० जना मानिसहरुलाई सोही ठाउँको सामुदायिक भवनमा सारिएको छ।
त्यस्तै सोही खोलामा आएको बाढीले तिलाठी कैलाडी गाउपालीका १ र ३ र सखरपुरामा अन्दाजी ४ फिट पानी जमेको छ। त्यस्तै जिताखोलामा आएको बाढीले तिलाठी कोईलाडी गाउपालिका-५ कोबर्साईन बस्ने राजिब सिह र राणा सिहको अन्दाजी १५ कट्ठा र बनरझुला स्थितमा रहेको ५/६ घर परिवारको २/३ कट्ठाको दरले १ बिघा धान खेत बाढीले कटान गरेर लगेको छ।
यता सप्तकोशीमा बढेको पानीको बाहबले हनुमाननगरकंकालिनी नगरपलिका-१३ गोबरगाढा डुबानमा परेको छ। उक्त स्थानका अन्दाजी ५०/६० घरका परिवारलाई डुङगाको ब्यवस्था गरी उद्दार गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।
मोरङः मोरङको सुन्दरहरैचा नगरपलिका ४ र ६ स्थित गछिया खोलाको पुलको पश्चिम पट्टिको भाग कटान भएकाले सवारी साधन आवत जावतमा रोक लगाइएको छ।
यस्तै मोरङके बुढीगंगा गाउँपालिका-२ बौराहा टोलमा बुढीखोलाको बाढी पसि अन्दाजी १५० घर,मुडेरी टोलका १५० घर र दिपुटोलका ५० घर समेत गरी अन्दाजी ३५० घर डुबानमा परेका छन्। उक्त स्थानाम इलाका प्रहरी कार्यालयु निमुवाबाट प्ररहीको टोली खटिगई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरेहको छ।
यता उर्लावारी नगरपलिका- ८ स्थित माझीटोलमा बक्राहानुनसरी खोलाको पानी पसि अन्दाजी १५ घर र मिक्लाजुङ गाउँपालिकापा.-६ खाबेझोडा मा अन्दाजी १८ घर डुवानमा परेको सुचना प्राप्त भएको छ। बेलबारी नगरपालिका-५ स्थित भित्रि सडक खण्डमा लोहन्द्र खोलामा रहेको पक्की पुल बाढीले बगाएको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ।
झापाः झापाको विर्तामोड नगरपालिका-३ शान्ती टोलमा अविरल वर्षाको कारण अदुवाखोलामा आएको बाढीले ४०|५० घर डुबानमा परेका छन्। उक्त स्थानमा प्रहरीको टोली खटिगई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्