स्थानिय निर्वाचन र मतदाताको होसियारी – नुम नाथ प्याकुरेल

स्थानिय निर्वाचन र मतदाताको होसियारी – नुम नाथ प्याकुरेल

नुम नाथ प्याकुरेल
स्थानीय निकायको निर्वाचन जसलाई स्थानीय सरकार भनि स्वीकार गरिएको छ, लोकतन्त्रको संस्थागत बिकासमा उच्च महत्वको छ। स्थानीय तहदेखिनै नेतृत्वको चयन र विकास हुने भएकाले यस्ता अभ्यासले समाजको लोकतान्त्रिक रुपान्तरणमा महत्वपूर्ण भूमिका हुन्छ। अधिकार र जिम्वेवारी बाँढफाड तथा विकास निर्माणमा ठूलो रकम विनियोजन गरिने भएकाले स्थानीय जनताको सशक्तिकरण तथा भैतिक तथा मानविय विकासको उच्च सम्भावना समेत राख्ने भएका कारण पनि स्थानीय निकायको निर्वाचन खास चासोको विषय हो।

ठीक ठाउँमा सही मान्छे पुग्दा त्यो ठाउँमात्र हैन, समग्र प्रशासनिक पद्धतिमा सुधार हुनेरहेछ। समाजलाई प्रेरणा हुने रहेछ। सर्वसाधारणले न्याय पाउने रहेछन भन्ने तथ्य नेपाली समाजकै केहि घटनाक्रमले प्रमाणित गरेका छन्। स्थानीय जनप्रतिनिधिहरू जो निर्वा्चित भएपश्चात जनताको दैनिक प्रशासनिक कार्यहरूको पूर्ण जवाफदेहिता स्वीकार्नु पर्नेछ र जसका कारण स्थानीय जनता ले छिटोछरितो रुपमा न्याय पाउने तथा शसक्तिकरण समेत हुन्छन्। यी र यस्ता कारणले पनि स्थानीय निर्वाचन महत्वको छ।

लोकतन्त्र उतरदायित्व लिने तथा जवाफदेहिता स्वीकार गर्ने पद्धति हो। यो आत्माअनुशासन, विधिको शासन र शुसासन हो। राजनीति सामाजिक उतरदायित्व सम्झेर आफ्नो व्यस्त समयका बापजुत गरिने सेवा हो। पूर्ण कालिन राजनीति गर्नेहरुको पनि आर्थिक उपार्जनको विश्वसनीय आधार भएन भने भ्रष्टचार त्यहिँबाट संस्थागत हुने निश्चित हुन्छ। त्यसकारण राजनीति पेशा व्यवसाय वा जिविकोपार्जनको खास आधार हुनु हँुदैन। लोकतान्त्रिक नेतृत्व समाजको जुनसुकै क्षेत्रमा विशिष्ठता हासिल गरेका व्यक्तिहरुले आफ्नो दक्षता राजनीतिमा समेत प्रयोग गर्ने पद्धति स्थापना गर्न सकियो भने मात्र लोकतन्त्र सवैले गर्व गर्न सक्ने किसिमको हुन्छ। अबको राजनीतिक बहस यस्ता बिषयमा किन केन्द्रित नगर्ने? स्थानीय निकायको यस पटकको निर्वाचनमा त्यसको प्रयोग किन नगर्ने?
दलका नेता तथा कार्यकर्ताले यो दल वा त्यो दल, यसमा भोट खसाऊ, त्यसमा भोट नखसाऊ भनेको स्वभाविक हो। रोग, भोक र गरिबीको शिकार भएका सर्वसाधारण जनता जसले राजनीति राम्रो वुझेकै छैनन्। सिद्वान्त र प्रतिमान बारेमा प्रशिक्षित नै छैनन्। थोरबहुत बुझेकै भएपनि सकृय छैनन्। स्थानिय दलिय नेतृत्व सम्म पनि चिनजानको राम्रो पहुँच बनाउन सकेका छैनन्। तिनीहरूलाई न्याय, अधिकार तथा अवसरको प्रलोभनमा पारि एकअर्को राजनीतिक दलहरुप्रति घृणा गर्न सिकाइनु नितान्त अपराध हो। तिनको अधिकार प्रत्यायोजन गर्ने बहानामा कुलिनहरुका दाउपेच संस्थागत भएका प्रसस्तै प्रमाणहरू प्रजातान्त्रिक कालमा व्याप्त छन्। राजनीतिक दलका चलाख नेतृत्वहरू आफ्ना श्रीमती, छोराछोरी, भाइबहिनी, भतिजा, साली आदिलाई स्थापित गर्न यस पटकको स्थानीय निर्वाचनलाई प्रयोग गरेका प्रशस्त उदाहरण छन् तिनको यथास्थानमा बिरोध, भण्डाफोर र बहिस्कार किन नगर्ने?
कसले कसलाई मत दियो थाहा नहोस। सर्वसाधारण जनता निर्वाचनमा मत दिएको वा नदिएको आधारमा स्थानीय दलिय ठेकेदारहरुको घृणाको सिकार नहुन भन्नका लागि नै लोकतन्त्रमा गोप्य मतदानको व्यवस्था गरिएको हो। तर निर्वाचन अघि राजनीतिक दलका स्थानिय नेतृत्वले हरेक सर्वसाधारणका घरमा साना, मझौला झण्डा राख्न, पर्चा पम्प्लेट टाँस्न तथा घरदैलो कार्यक्रममा अघिपछि हिँडाएर तिनीहरुको गोपनियता कुनै न कुनै ढंगले भङ्ग गराई छाड्छन्। त्यस्तो अधिकारको रक्षा र प्रयोग यसपटकको स्थानीय निर्वाचनमा किन नगर्ने?
निर्वाचनमा पार्टीका घोषणा पत्र, सिद्धान्त, मुल्य मान्यता तथा आदर्श प्रतिको सार्वजनिक प्रतिवद्धता हो। निर्वाचनको मुखमा तथाकथित राजनीतिक लाभलिन गरिने सस्तो प्रचारप्रसार, सिन्डिकेट, भागवन्डा, साँठगाठ, दलीय तालमेल, मिलेमतो, समझदारी यो स्थानीय निकायको निर्वाचन तथा लोकतान्त्रिक निर्वाचनहरुमा अस्वीकार्य छ। यी र यस्ता कार्यले राजनीतिक दलहरू सिद्वान्त र नीति बाट बिचल्लित तथा बिमुख हुने, असल तथा इमान्दार नेतृत्व पराजित हुने तर स्वार्थी तथा भ्रष्ट नेतृत्व निर्वा्चित हुने सम्भावना धेरै रहन्छ।

सिद्वान्त, मूल्य र मान्यताबाट बिचल्लित भएर गरिने राजनीति जनताको सार्वभौम सत्तामाथिको प्रत्यक्ष हस्तक्षेप भएको ठान्दछ यो पंतिकार। दलहरूले नेता तथा कार्यकर्ताहरुलाई यति धेरै गैरजिम्वेवार वनाएर तत्कालिन निर्वाचनमा सम्मानपूर्ण मत त ल्याउलान तर यस्ता क्रियाकलापहरूले लोकतान्त्रिक गणतन्त्र संस्थागत हूँुदैन।
अन्तर दलीय नेता कार्यकर्ताको सानो कमजोरीमा तीन भित्ता उफ्रने प्रचलित नेता तथा कार्यकर्ताहरूलाई इतर दलीय भ्रष्टचार, पतित मानसिकता, सिद्वान्तबाट विचल्लित तथा हिंसा र घृणालाई प्रोत्साहन गर्ने किसिमका हरेक प्रवृित्त र प्रतिमानको खुलेर प्रतिकार गर्ने संस्कार र पद्धति सिकाएका छन्? यो लोकतान्त्रिक प्रतिमान बहसको बिषय हो।
यसपालिको स्थानीय निकायमा, अरुका दलका सबै उमेद्वार जाली, फटाहा, भ्रष्ट, पतित, लम्पट हुन, आफ्ना दलका सबै उमेद्वार इमान्दार भन्दै भोट माग्दै जो जो आउँछन् तिनलाई भोट दिनै हुन्न। मेयर अध्यक्षमा यो दललाई, वडा अध्यक्ष तथा सदस्य फलानो दललाई भन्दै आउनेहरुलाई पनि भोट हाल्नु हुन्न। न दल, न गठबन्धन, न सहानुभुित, न प्रलोभन सङ्र्किण दलीय परिधिभन्दा माथि उठेर गजबको जरो र किलोको वहस गरौं। सहृदयतावादको कुरा गरौं। राज्य राष्ट्रवादको कुरा गरौँ। सवै दल कम्युनिस्ट पँुजिवादको विकृत अभ्यासमा रहेकाले कोहीभन्दा कोही कम छैनन् त्यसकारण वर्तमान परिप्रेक्ष्यमा मौलिक रैथाने संस्कृति, मूल्य, मान्यता, आर्थिक, सामाजिक व्यवस्थाको कुरा गरौं। न दुई राष्ट्रवाद न वहुराष्ट्रवाद अपितु निर्वाध ढंगले राज्य राष्ट्रवादको कुरा गरौं। बिज्ञानको बुद्धि, प्रविधिको प्रगती, धर्मको विवेक र सहृदयतको सम्वन्धको कुरा गरौं। यी र यस्ता बिचार र सिद्वान्त मनन गरेर भएका उमेद्वार मध्ये जसलाई जिताउँदा गाउँपालिका, नगरपालिका तथा वडाको विकास हुन्छ, सर्वसाधारणले न्याय पाउँछन, सामाजिक, साँस्कृतिक मूल्य मान्यताको रक्षा हुन्छ, विकासले तिव्रता पाउँछ, सुसासन र स्थानीय जनता र निकायको शसक्तिकरण हुन्छ, स्वतन्त्र उमेद्वार नै किन न हुन्, गोप्य मतदानबाट तिनैलाई जिताउनु पर्दछ।

राजनीतिक विरोध व्यक्तिगत कैहिलै नगरौँ। सिद्वान्तगत, विकल्प सहित, वस्तुगत समालोचन तथा टिप्पणी गरौं। विद्यमान गलत प्रतिमानको खुलेर वहस गरौं। देशमा घृणा, हिंसा, प्रतिकृयात्मकता, भ्रष्टचार, भागवण्डा, सिन्डिकेट, गुटबन्दी असाध्यै फस्टाएको छ। क्रियात्मक ढंगले, प्रेम, सद्भाव र सहृदयता कायम राख्दै बिद्यमान प्रतिमान वदल्ने दीर्घकालिन लक्ष्यका साथ अघि वढ्ने यहि समय हो। कसले कसको बाटो हेर्ने भनि अलमल गर्ने बेला हैन यो। जो जाग्यो उसकै कर्तब्य हो अरुलाई जगाउने र गन्तब्य सम्मको यात्रा तय गर्ने। दीर्घकालिन लक्ष्यकालागि स्थानीय निकायको यो निर्वाचन गतिलो सुरुवात हो। यसलाई सदुपयोग किन नगर्ने?
यी माथि प्रस्तुत गरिएका अवधारणा नेपाली राजनीतिकर्मीहरुमा मेल खादैनन्। तर त्यस्तै प्रतिमानहरू समाजमा स्थापित हुनुपर्दथ्यो। नागरिकले समाजका जुनसुकै क्षेत्रमा रहेर पु¥याएको योगदान, आवश्यक पर्दा राजनीतिमा त्यसको प्रयोग गर्नु पर्दछ। राजनीतिलाई नै पार्थ्मिक पेशा, व्यवसाय, व्यापार, जागिर तथा आर्थिक उपार्जनको महत्वपूर्ण खेलोफड्को वनाउने हो भने राजनीतिक नेतृत्वले समाज हैन समाजले चाहिँ राजनीतिक नेतृत्वको राम्रै विकास गरिदिन्छ। यी र यस्ता प्रतिमान आउँदा निर्वाचनमा स्थापित गर्न किन प्रयत्न नगर्ने?
यसपटकका गाउँपालिका तथा नगरपालिकाका उमेद्वारहरूको नैतिक चरित्र के कस्तो छ? राजनीतिक दलबदलको स्थिति कस्तो छ? दैनिक जीवनमा सदाचार, भ्रष्टचार, परदर्शिता तथा अपारदर्शिता के छ? पेशा, व्यवसाय, राजनीतिको जरो कहाँ छ? सामाजिक, आर्थिक तथा सांस्कृतिक अभ्यास र परम्परा के कस्तो छ? सिद्वान्त र नीतिमा अडिने अथवा बहकिने कस्तो स्वभाव छ ? स्थानीय जनतामा छाप, प्रभाव र प्रेरणादायी छ अथवा केही पनि नभएर माथिल्लो राजनीतिक नेतृत्वमा राम्रो सम्पर्क र उठबस गर्ने व्यक्तित्व छ ? आफ्नो अनुभव, व्यक्तित्व, राजनीतिक क्रियासीलताका आधारमा दिइएको उमेद्वारी हो अथवा धन, हुलदुङ्गा, गुण्डा परिचालन, धाक रवाफका आधारमा निर्वाचित हुने अपेक्षा ले मनोनित भएको हो? यी र यस्ता विषयमा गहिरिएर मनन गरौँ। समाजमा गलत प्रतिमानले जरा गाडेको वर्तमान परिप्रेक्षमा विश्वव्यापी रुपमा स्वीकार गरिएका मूल्यमान्यता पुनस्र्थापना गर्न सानो दायरा नै सही, किन सकारत्मक प्रयत्न नगर्ने?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्