विराटनगर २६ असोज । युट्युवमा निकै चर्चित नाम हो स्वप्न सुमन । युट्युव पारखीका लागी सुमनले धेरै आकर्षक गीत गाईसकेका छन् । उनी पत्रपत्रिका टिभीमा भन्दा पनि युट्युव च्यानलमा बढी चर्चित छन् । पछिल्लो समयमा युवा पुस्ताका ढुकढुकी गायक स्वप्न सुमन आज विराटनगरमा आउदैछन् । भरै साँझ विराटनगरको विरेन्द्र सभागृहमा उनको ‘एक्यूटिक म्यूजिकल नाईट’ हुने भएको छ । ग्ल्यामर्स नेपाल सञ्चालक नरेश श्रेष्ठका अनुसार सांगितिक कार्यक्रमको तयारी पूरा भएको छ । सुमनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने जनाइएको छ ।


प्रतिक्रिया लेख्नुहोस