१२ अगस्तमा अद्भुत उल्कापात हुने समाचार असत्य

१२ अगस्तमा अद्भुत उल्कापात हुने समाचार असत्य

काठमाडौं । भारतीय सञ्चार संस्था दैनिक भास्करले इन्टरनेटमा भाइरल भइरहेको एउटा जानकारीबारे समाचार दिएको छ, जसमा भनिएको छ–१२ अगस्त २०१७ मा संसारभरि रातिको बेला पनि दिनमै जस्तो उज्यालो हुनेछ । समाचारमा अमेरिकी अन्तरिक्ष संस्था नासाले उक्त दाबी गरेको उल्लेख गर्दै संसारको इतिहासमा यस्तो घटना पहिलो पटक हुन लागेको बताइएको छ । उक्त दिन मानव जातिका लागि निकै रोमाञ्चपूर्ण हुने दाबी समाचारमा गरिएको छ । यसैसँग जोडिएको एक अर्को समाचारमा ९६ वर्षपछि यस्तो अवसर आउन लागेको उल्लेख छ । त्यस दिन रातिका बाह्र घन्टा पनि दिनजस्तै उज्यालो हुने दाबी उक्त समाचारमा गरिएको दैनिक भास्करले उल्लेख गरेको छ । समाचारमा बताइएअनुसार सो दिन आकाशमा आजसम्मको इतिहासमा सबैभन्दा उज्यालो फैलाउने अद्भुत उल्कापात हुनेछ ।

दैनिक भास्कर डट कमले उक्त समाचारको सत्यता परीक्षण गर्नका लागि अमेरिकी अन्तरिक्ष संस्था नासाको वेबसाइट हेर्दा उक्त वेबसाइटमा १२ अगस्तका दिन उल्कापात हुने र यसले गर्दा रातिको बेला सामान्य उज्यालो पनि फैलिने तर इन्टरनेटमा भाइरल भएको समाचारमा भनिएजस्तो दिनकै जस्तो अद्भुत उज्यालो नहुने कुरा उल्लेख भएको जनाएको छ । समाचारमा जनाइएअनुसार हरेक वर्ष तीन पटक ठूलाठूला उल्कापात हुने गर्छन् । तीमध्ये पहिलो जनवरीमा, दोस्रो अगस्तमा र तेस्रो डिसेम्बरमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्