२०३० को विश्वकप फुटबल अर्जेन्टिना, उरुग्वे र पाराग्वेले आयोजना गर्ने प्रस्ताव

२०३० को विश्वकप फुटबल अर्जेन्टिना, उरुग्वे र पाराग्वेले आयोजना गर्ने प्रस्ताव

एजेन्सी । अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा सन् २०३० को विश्वकप फुटबल आयोजना गर्ने प्रस्ताव राखेका छन् । यी तीन देशको फुटबल संघका अध्यक्षले बुधबार ब्युनस आयर्समा विश्वकप आयोजना गर्ने घोषणा गरेका हुन् ।
सन् २०३० मा हुने विश्वकपले निकै महत्वपूर्ण अर्थ लाग्ने छ । किनभने सन् १९३० मा भएको पहिलो विश्वकप उरुग्वेमा आयोजना भएको थियो । त्यसैले पनि दक्षिण अमेरिकी यी राष्ट्रहरू २०३० को विश्वकप फुटबल आयोजना गर्न एक जुट भएका हुन् । एक शताब्दी पछि आयोजना गर्ने प्रस्ताव अघि हो ।
“अन्य देशहरू पनि आयोजना गर्न चाहन्छन् तर उरुग्वेको पक्षमा एकदमै बलियो आधार १०० बर्ष पहिले आयोजना गरेको छ ।” पराग्वेका अध्यक्ष होरोआका कार्टेसले भनेको बिबिसीमा उल्लेख छ । विश्वकप आयोजना सम्बन्धी नोभेम्बरको पहिलो हप्ता यी दिन देशको बैठक बस्ने छ ।
संयुक्त राज्य, मेक्सिको र क्यानाडाले सन् २०२६ को विश्वकप आयोजना गर्ने दाबी गरिरहेका छन् । २०२६ को विश्वकप आयोजना घोषणा गर्ने मोरक्को एक मात्र अर्को उम्मेदार हो । सन् २०२६ देखि विश्वकपमा ३२ राष्ट्रबाट बढेर ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
सन् २०१८ को विश्वकप रुसमा हुदैछ । रुसले तयारीलाई तिब्रगतिमा अघि बढाई रहेको छ । त्यस्तै, सन् २०२२ को विश्वकप कतारमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्