अनिलकेशरी शाह सेन्चुरी कमर्सियल बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत

अनिलकेशरी शाह सेन्चुरी कमर्सियल बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत

मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले अब सेन्चुरी कमर्सियल बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् । बिहीबार सेन्चुरी बैंकका सञ्चालक समितिसँग जिम्मेवारी सम्हाल्नेबारे उनले सम्झौता गरेका हुन् । शाहले मेगा बैंकको स्थापना कालदेखि नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । शाह नेपाल बैंकर्स संघका अध्यक्ष पनि हुन् ।

सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले पदबाट राजीनामा दिएपछि प्रमुख कार्यकारी अधिकृतको पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्