आईपिएल फाइनल आज : पुने सुपरजायण्ट्स र मुम्बई इण्डियन्स आमनेसामने

आईपिएल फाइनल आज : पुने सुपरजायण्ट्स र मुम्बई इण्डियन्स आमनेसामने

भारतमा जारी दशौं संस्करणको इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको फाइनल खेल आइतबार बेलुका हैदरावादमा हुँदैछ । दशौ सस्करणको फाइनलमा राइजिङ पुने सुपरजायण्ट्स र मुम्बई इण्डियन्स आमनेसामने हुँदैछन् ।
हैदरावादस्थित राजिब गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा पुने र मुम्बईबीचको खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा सुरु हुने छ । र, दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान ओर्लदै छन् ।
आईपीएको यो संस्करणको फाइनल खेल निकै रोमान्चक हुने अनुमान  गरिएको छ । किनकी यो संस्करणको उपाधि जित्ने दुवै टोलीले नयाँ इतिहास बनाउनेछन् ।
आइपिएलको यो संस्करणसम्म आइपुग्दा पुनेले अहिलेसम्म उपाधि जित्न सकेको छैन । यस्तोमा  यो संस्करणको उपाधि जित्दै पुने उपाधिमा खाता खोल्न चाहन्छ । पुनेलाई पहिलो क्वालिफायरमा मुम्बईमाथी निकालेको जितको फाइदा समेत हुने छन् । क्वालिफायरमा पुने मुम्बईलाई नै २० रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
यस्तै पुनेको प्लेइङ सेट पनि निकै राम्रो छ । स्टेभेन स्मिथको कप्तानीमा मैदान उत्रने पुनेलाई यो सिजनको आइपीएलमा महंगा खेलाडी भारतीय पुर्व कप्तान महेन्द्र सिहं धोनी, अजिंका रहानेजस्ता खेलाडीको साथ रहेको छ । त्यस्तै पुनेमा शार्दुल ठाकुर,  जयदेव उनाडकट, एडम जम्पा, राहुल त्रिपाठी, ड्यानियल क्रिष्टियन लगायतका खेलाडीको प्रदर्शन उच्च रहनेछ ।
यता, मुम्बई भने उपाधिमा ह्याट्रिक गर्ने दाउमा हुने छ । मुम्बईले यस पटकको उपाधि जित तीन पटक उपाधि जित्ने पहिलो टोली बन्ने छ । यस्तै मुम्बई पहिलो क्वालिफायरमा बेहोरेको हारको बदला  लिने दाउमा हुने छ ।
जारी सिजनमा निकै लयात्मक प्रदर्शन गरेको मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रने छन् । र, रोहितलाई हार्दिक पाण्डे, हरभजन सिंह, जोश बटलर, टिम साउथे जस्ता खेलाडीले साथ दिने छन् । यस्तै मुम्बईलाई किरण पोलार्ड, जमिस्थ ब्रुम्हा, लाथिस मलिंगा, मिथेल जोनसन, एसेला गुणारत्ने जस्ता खेलाडीले जित दिलाउन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्