आईसीसी यू-१९ विश्वकप छनोटका लागि नेपाली टोलीका १८ सदस्य छनोट

आईसीसी यू-१९ विश्वकप छनोटका लागि नेपाली टोलीका १८ सदस्य छनोट

५ असार, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटका लागि नेपाली टोलीका १८ सदस्य छनोट भएका छन् ।

 

टोलीमा सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दिप सुनार, ललित राजवंशी र पवन सर्राफ छन् । यस्तै अनिलकुमार साह, किशोर महतो, सुशान्त सिंह थापा, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दिप जोरा, राजन ढकाल, प्रनित थापा मगर, शाहव आलम, रसिद खान र आदिल खान पनि टोलीमा परेका छन् ।

सुपर लिग म्याचका आधारमा १८ खेलाडी छनोट गरिएको हो । अब चार बैकल्पिक खेलाडी छनोट गरिनेछ र १४ जना विश्वकप छनोट खेल्न जानेछन् ।

यू-१९ विश्वकपको एसिया छनोट सिंगापुरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्