आज उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना

आज उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना

काठमाडौं, रासस । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज देशको पूर्वी, मध्य र पश्चिमी भेगमा बदलीका साथै केही स्थानमा वर्षात् भएको छ ।

उक्त प्रणालीको प्रभावले देशको अधिकांश भागमा बदली र मध्यका केही र पूर्वी भेगमा वर्षात् भएको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम भेगमा तुलनात्मक रुपमा कम प्रभाव छ । बंगलादेश आसपासको न्यूनचापीय क्षेत्रका कारण पूर्वी क्षेत्रमा अझै बढी असर देखिएको तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।

उच्च वायुमण्डलमा तीन चार दिनअघिदेखि रहेको न्यूनचापीय क्षेत्र बुधबारदेखि बाहिरिने भए पनि मध्य वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको असरले पहाडी क्षेत्रमा बदली र छिटफुट वर्षात् हुने सम्भावना रहेको मौसमविद् रिमालको भनाइ छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षात् भएपछि केही चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको बितेको २४ घण्टाको विवरणानुसार देशका पूर्वी भेगका अधिकांश स्थानमा वर्षात् भएको छ । धनकुटामा १५ र विराटनगरमा १० र ओखलढुंगामा दुई मिमी वर्षात् भएको छ ।

आज सबैभन्दा कम जुम्ला एक र सबैभन्दा कम भैरहवामा ३२ डिग्री सेल्सियस छ । काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्