आफ्नै गाउँकी किशोरी बलात्कारआरोपमा एक युवक पक्राउ

आफ्नै गाउँकी  किशोरी बलात्कारआरोपमा एक युवक पक्राउ

बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो ।

सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा परिवारले दिएको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । मंगलबार पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्