इंग्लिश क्लब लिभरपुलको फराकिलो जित

इंग्लिश क्लब लिभरपुलको फराकिलो जित

एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणमा इंग्लिश क्लब लिभरपुलले फराकिलो जित निकालेको छ । मंगलबार राति समूह चरणको तेस्रो खेलमा लिभरपुलले स्लोभानियाको मारीबोर एफसीलाई ७ – ० ले पराजित गरेको हो ।

मारीबोरको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको लागि मोहमद सलाह, रोबर्टो फिर्मिन्हो र एलेक्स चेम्बेरलिनले समान दुई दुई गोल गरेका थिए । यस्तै फिलिप काउन्टिन्होले एक गोल गरे । तुलनात्मक कमजोर टिम मारीबोरविरुद्ध लिभरपुलले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ३ गोल गरेको थियो ।

यो जितसंगै समूह इ मा रहेको लिभरपुलले ५ अंक जोडेको छ । र, लिभरपुल शिर्ष स्थानमा रहेको छ । यो समूहमा मस्को ५ अंकसहित नै दोस्रो स्थानमा छ । मस्को गोल अन्तरमा लिभरपुल भन्दा पछि रहेको छ ।  मस्कोले मंगलबर राति नै स्पेनिस क्लब सेभियालाई ५ – १ ले पराजित गरेको थियो । यो समूहमा सेभियाले ४ अंक जोड्दा मारीबोरको १ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्