इटहरीको ट्यांला खोला सरसफाई गर्ने यी युवाको कथा !!

इटहरीको ट्यांला खोला सरसफाई गर्ने यी युवाको कथा !!

पूर्वी सहरका कुनै अभियन्ताहरूसँग फेसबुकमा साथी बन्नुभएको छ भने इटहरीका युवाहरूले सञ्चालन गरिरहेको ट्यांला खोला सरसफाई कार्यक्रमको खबर सुन्नुभएकै हुनुपर्छ । इटहरीमा लामो समयदेखि विभिन्न सामाजिक अभियानहरूमा सहभागी भइरहेका युवाहरूले अहिले सञ्चालन गरेको ट्यांला खोला सरसफाई कार्यक्रमको चौतर्फी प्रशंसा भइरहेको छ । आवर बिराटनगरको लागि सुरज सुवेदीले त्यही सरसफाई कार्यक्रमका एक अभियन्ता सञ्जय थारूसँग यो अभियानको बारेमा कुराकानी गरेका छन् । प्रस्तुत छ त्यही अन्तर्वार्ताको सम्पादिन अंश ।

अभियान यसरी सुरु भयो:

वैशाख दुई गतेबाट सुरु भए पनि यसको सुरूवाता विगत चार वर्षदेखि इटहरीमा सञ्चालन भइरहेको किप इटहरी क्लिन अभियानलाईनै जान्छ । ट्यांला खोला सफाई गर्ने योजना केआईसिकै हो । म स्वयम् पनि त्यसमा आबद्ध थिँए । हरेक हप्ता इटहरीका हरेक चोक र टोलहरूको सफाई गर्ने अभियानले निरन्तरता पाइरहेको भए पनि पछिल्लो समय धेरै नियमित हुन सकिरहेको थिएन । कहिले हुने त कहिले नहुने कारणले अभियानमा लागेका साथीहरूले सबै जना अट्ने अर्को अभियान थालौ भन्ने सल्लाह भयो । त्यसैको फलस्वरूप यो अभियान सुरु भएको हो ।

यसकारण ट्यांगला खोला:

इटहरीलाई बिचबाट काटेको खोला भए पनि दिनानुदिन यो प्रदुषित हुँदै गइरहको छ । यसलाई अझै फोहोर पारिराख्ने हो भने हामी इटहरी बासीलाई पनि लाजमर्दो हुने भयो । त्यसैले हामी ईटहरीमा बगुन्जेल यसलाई सफा राख्ने भन्ने प्रयत्नमा लाग्यौ ।

सबैको साथ मिलिरहेको छ:

अभियानमा सुरूबाटनै सामाजिक काममा रुचि  राख्ने युवाहरूले साथ दिइराख्नुभएको छ । कतिपयले आउन मन भएर पनि समय दिन नपाएको भनेर म्यासेज गर्नुहुन्छ । राम्रो काम गरिरहेको भनेर हौसला दिनुहुन्छ । हामीले सामाजिक सञ्जालमा राख्ने फोटोहरूमा पनि धेरै प्रशंसा आइरहेकाले हौसिएका छौ ।

ट्यांगाको अवस्था यस्तो रहेछ:

टोलटोलमा सरसफाई समूह भएर पनि ट्यांला फोहोरमुक्त नभएको देखेकै थिँयौ । पानीमा पसेपछि झनै धेरै फोहोर देखियो । सहर बढ्दै गएपछि आएका फोहोरहरू हुन् ती । खासै पुराना फोहोरहरू पनि हैनन् । सफा गर्न सके पानी फेरि सफा हुने रहेछ भन्ने थाहा भएको छ ।

अहिलेसम्मको सफलता:

सुरु गरेको हप्तादेखि निरन्तर लागिरहेका छौ । सबैले साथ दिँदै हुनुहुन्छ । फोहोर सफा गर्दा फोहोर गर्न नहुने रहेछ भन्ने कुराको रियलाइजेसन पनि हुँदोरहेछ । यो अभियान बढ्दै गएमा इटहरीमा मात्र हैन पूर्वका अन्य सहरहरूमा पनि सरसफाई अभियान सुरु हुनेमा आशावादी छौ ।

अरूसँग अपिल:

सकेसम्म अभियानमा सहभागीनै भईदिनुहोस् । नसके पनि कतै खुला ठाउँमा फोहोर नफ्याँकिदिनुहोस् । हामी सफा भए सहर सफा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्