इटहरीमा राप्रपाका उम्मेदवार पोख्रेलमाथि आक्रमण

इटहरीमा राप्रपाका उम्मेदवार पोख्रेलमाथि आक्रमण

इटहरी । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राप्रपाबाट इटहरी उपमहानरपालिका– ९ का वडा अध्यक्ष पदका उम्मेदवार श्याम पोख्रेलमाथि गएराति आक्रमण भएको छ ।

इटहरी– ८ स्थित आफ्नो घरतर्फ जाँदै गर्दा गएराति ९ः३० बजे उनीमाथि साङ्घातिक आक्रमण भएको हो । कालो रङ्गको पल्सर मोटरसाइकलमा आएका तीन जनाको समूहले उनलाई रोकेर मासु काट्न प्रयोग गरिने दाउबाट प्रहार गरि फरार भएको पीडित पोख्रेलले बताए ।

दाउको प्रहारबाट पाख्रेलको ढाडमा चोट लागेको उम्मेदवारका दाजु एवम् राप्रपा इटहरी नगरसभापति राम पोख्रेलले जानकारी दिए । उम्मेदवार पाख्रेलमाथि आक्रमण गर्नेको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्