ईनरुवामा भैँसीसँग मोटरसाईकल ठोक्किदा चालकको मृत्यु

ईनरुवामा भैँसीसँग मोटरसाईकल ठोक्किदा चालकको मृत्यु

सुनसरीको ईनरुवा नगरपालिका ५ स्थित देवेन्द्र चौकमा बिहीबार साँझ सडक दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ।ईनरुवाबाट दुहवीतर्फ आउँदै गरेको बा २४ प ८२४४ नम्बरको मोटरसाईकल सडकमा अचानक भैँसीसंग ठोक्किएर लड्दा बिपरित दिशाबाट आउँदै गरेको को १ ज ७०३३ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो।

साँझ ६ बजे भएको दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा दुहबी नगरपालिका १० बस्ने ४५ बर्षिय रामचन्द्र भट्टराई गम्भीर घाईते भई उपचारकालागी जिल्ला अस्पताल ईनरुवामा लगिएकोमा उपचारको क्रममा सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिप्रका सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्