ईरान र इराकको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ६१ जनाको मृत्यु

ईरान र इराकको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ६१ जनाको मृत्यु

काठमाडौं । ईरान र इराकको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ६१ जनाको मृत्यु भएको छ ।  अमेरिकी जियोलोजिकल सर्वेका अनुसार ईरान र इराकको सीमा क्षेत्रमा ७.३ रेक्टरको भूकम्प गएको छ ।

बीबीसीले ईरानका सरकारी मिडियालाई उद्धृत गर्दै दिएको समाचारअनुसार अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ ।  भूकम्पले ईरान र इराकका कैयौं क्षेत्रमा धक्का दिएको थियो ।  घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्