उमेदवारलाई लक्षित गरेर बम हान्ने पक्राउ

उमेदवारलाई लक्षित गरेर बम हान्ने पक्राउ

नुवाकोट । नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का कांग्रेस उमेदवार डा रामशरण महत र प्रदेश नंं २ का उमेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिए । शुक्रबार कांग्रेसका उमेदवार महतद्वयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोटन गराएर फरार भएका २८ वर्षका धिताललाई आइतबार घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

धिताल नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का जिल्ला सदस्य भएको र उनीमाथि गएको भदौ ३० गते दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई मोसो दलेर दुव्र्यबहार गरेको अभियोग समेत प्रहरीले लगाएको छ ।

धितालमाथि जिल्ला प्रशासन कार्यालयमा ‘सार्वजनिक अपराध ऐन’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको र थप प्रमाण जुटेपछि अन्य मुद्दा आकर्षित हुनसक्ने जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्