एनअाइसी एशिया विराट फुटसल कपकाे सेमिफाइनलमा प्रवेश

एनअाइसी एशिया विराट फुटसल कपकाे सेमिफाइनलमा प्रवेश

अाेबि मिडिया प्रालि द्वारा विराटनगरमा गत भदाै ३० गतेबाट अायाेजना भइरहेकाे अन्नपुर्ण सिमेन्ट विराट फुटसल कप अन्तरगत अाज बिहानै भएकाे एनअाइसी एशिया बैंक विरूद्ध एमएम ग्रुप बिचकाे खेलमा बिजयी हुदै एनअाइसी एशिया प्रतियाेगिताकाे सेमिफाइनल प्रवेश गरेकाे छ । समुह सी अन्तर्गतकाे दुइ खेल जितेसँगै एनअाइसी एशिया सेमिफाइनलमा प्रवेश गरेकाे हाे । एनअाइसी एशियाले एमएम ग्रुपलाइ १०-३ गाेल स्काेरले पराजित गरेकाे हाे । खेलकाे पहिलाे हाल्फमा एन अाइसी एशिया र एमएम ग्रुपकाे ५-० गाेलकाे अवस्थामा खेलिरहेका थिए भने दाेश्राे हाल्फमा १०-३ काे गाेल स्काेर रहेकाे थियाे ।

खेलमा एनअाइसी एशियाका तर्फबाट सराेज चुडाल र सागर भाद्रले समान ३-३, सुजन दाहाल, भिष्म गडताैंला, सावल श्रेष्ठ र अाकाश श्रेष्ठले समान १-१ गाेल गरेका थिए । यसै गरि एमएम ग्रुपबाट खगेन्द्र तुलाधरले २ र हिमान्सु जाेशीले १ गाेल गरेका  थिए । खेलका म्यान अफ दि म्याच एनअाइसी एशिया बैंकका जर्सी नम्बर ३ का खेलाडी सुजन दाहाल भए ।

यसका साथै समुह सीकाे विजेता भएकाे एनअाइसी एशिया बैंकले समुह ए का बिजेता मकालु टेलिभिजनसँग भाेली ४ गते साँझ ६ बजे फाइनलका लागि भिड्नेछ । यसै गरि अाज साँझ हुने समुह डि अन्तर्गतकाे मनमाेहन मेमाेरियल पाेलिटेक्निक विरूद्ध पिएलअाे ग्रुपकाे खेलबाट समुह डिकाे बिजेता छनाैंट गरिने छ । उक्त समुहकाे बिजेताले समुह बिकाे बिजेता युराे कलेज विराटनगरसँग फाइनलका लागि भिड्ने छ । असाेज ५ गते हुने प्रतियाेगिताकाे फाइनलमा बिजयी हुने विजेताले उपाधी सहित ५० हजार रूपैया पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्